
सुर्खेत । नेपालका लागि फिनल्याण्डका राजदूत महामहिम एच.ई. पेट्री पुहक्का र सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीबीच औपचारिक भेटघाट भएको छ ।
भेटमा कर्णाली प्रदेशको शिक्षा क्षेत्रमा फिनल्याण्ड सरकारको सहयोगमा सञ्चालित ‘टेक्सास परियोजना’ अन्तर्गतका कार्यहरूबारे छलफल गरिएको थियो । उक्त परियोजनाले शिक्षकको सीप अभिवृद्धि र शिक्षा क्षेत्रको सुधारमा योगदान पुर्याउँदै आएको छ ।
मन्त्री भण्डारीले कर्णालीको शिक्षा क्षेत्रको हालको अवस्था, देखिएका समस्या र सुधारका आवश्यकता बारे राजदूतको ध्यानाकर्षण गराउनुभयो ।

भेटमा मन्त्रालयका सचिव धोलकराज ढकाल, उपसचिव र अन्य अधिकारीहरूको उपस्थिति थियो । त्यस्तै, राजदूत पुहक्काको टोलीमा हेड अफ कोअपरेसन सारा आलानेन र कोअर्डिनेटर कमना गुरुङ सहित टेक्सास परियोजनाका अधिकारीहरूको पनि सहभागिता थियो ।
प्रकाशित मिति : २०८२ कात्तिक २१ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्