
सुर्खेत । सुर्खेतमा थुनुवा मृत्यु प्रकरणमा छानबिनका लागि चार सदस्यीय समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलको संयोजकत्वमा बनेको समितिमा वडा ११ का अध्यक्ष खिमलाल देवकोटा, मानव अधिकार सञ्जालका पिताम्बर ढकाल, पत्रकार मालती विक र मृतकका परिवारतर्फकी गीता सुनार सदस्य छन् ।
शुक्रबार बिहान लागुऔषध मुद्दाका थुनुवा ३५ वर्षीय गंगे सुनार प्रहरी हिरासतमा बेहोस अवस्थामा भेटिएका थिए । अस्पताल लैजाँदा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
सुनार ७८ दिनदेखि थुनामा थिए र शुक्रबार नै उनको मुद्दा अदालतमा पेश हुने तयारी थियो । प्रहरीका अनुसार सीसीटीभी फुटेजमार्फत प्रारम्भिक अनुसन्धान भइरहेको छ । पोस्टमर्टमका लागि नेपालगन्जबाट फरेन्सिक विज्ञ चिकित्सक बोलाइएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २१ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्