सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर–११ बस्ने अन्दाजी १८ वर्षीय किरण थापा र २२ वर्षीय बिक्रम वली रहेका छन्। उनीहरूको साथबाट ५।५४० ग्राम (पाँच ग्राम पाँच सय चालिस मिलिग्राम) ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ। उनीहरुलाई बुधबार राती करिब ९ बजे वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना क्षेत्रबाट नियन्त्रणमा लिएको हो । लागूऔषधको कारोबार भइरहेको भन्ने विशोष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरिएको र अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।
प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्