
सुर्खेत । सेभ द चिल्ड्रेन नेपालको ‘सिफ्ट २०२५’ अभियान अन्तर्गत सुर्खेतमा मैत्रीपूर्ण ह्विलचियर खेल सम्पन्न भएको छ। स्पाइनल इञ्जुरी संघ सुर्खेतको आयोजनामा कोपीला भ्याली स्कुलमा आयोजना गरिएको खेलमा अपाङ्गता भएका व्यक्तिहरूले मैत्रीपूर्ण खेल्नुका साथै कोपीला भ्याली स्कुलका विद्यार्थीहरुसँग अन्तर्क्रिया गरेका थिए ।

कार्यक्रममा सेभ द चिल्ड्रेन नेपालका मिडिया तथा सञ्चार कोअर्डिनेटर दुर्गाप्रसाद तिवारीले सेभ द चिल्ड्रेनका कार्यहरु साथै सिफ्ट अभियानको बारेमा जानकारी प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा कोपिला भ्याली स्कुलका प्रिन्सिपल राजन कार्कीले पहुँच युक्त संरचना निर्माण गरी अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८२ कात्तिक २१ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्