२०८३ वैशाख ६ , आइतबार

दशौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता गर्ने निर्णय



सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद फागुनमा निर्णय भएको छ । बुधबार बसेको राष्ट्रिय खेलकुद परिषद् राखेपले बोर्ड बैठकले फागुन १ देखि ७ सम्म प्रतियोगिता गर्ने निर्णय गरेको हो । राष्ट्रिय खेलकुद परिषद् राखेपको बुधबार बसेको १२३औं बोर्ड बैठकले प्रतियोगिता फागुन १ देखि ७ सम्म गर्ने निर्णय गरेको राखेपका एक सदस्यले जानकारी दिएका हुन् । गत वर्ष मंसिरमा हुनुपर्ने राष्ट्रिय खेलकुदको मिति तीनपटकसम्म सारिँदै स्थगित भएको थियो जसका कारण गत आर्थिक वर्षमा प्रतियोगितन नहुने निश्चित भएको थियो ।

नयाँ खेलकुदमन्त्री बब्लु गुप्ता नियुक्त भएपछि बसेको पहिलो बैठकबाट राष्ट्रिय खेलकुदको मिति तोकिएको हो । २०७९ सालमा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदको समापन अवसर दुई वर्षपछि २०८१ मंसिरमा दशौँ कर्णाली प्रदेशमा गर्ने गरी झण्डा हस्तानतरण गरिएको थियो ।

प्रकाशित मिति : २०८२ कात्तिक १९ गते बुधबार