
सुर्खेत । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी कर्णाली प्रदेश आइपुगेको छ । कर्णाली याक्सको सहभागितामा उक्त ट्रफी सुर्खेतको ऐतिहासिक एवं धार्मिक स्थल काक्रेबिहारबाट सार्वजनिक गरिएको हो ।
कार्यक्रमका आर्थिक मामिला तथा याेजनामन्त्री राजिपविक्रम शाह र सामाजिक विकास घनश्याम भण्डारीले शुभकामना मन्तव्य दिँदै वक्ताहरुले यस वर्ष एनपिएलमा कर्णाली याक्सले उत्कृष्ट प्रदर्शन गरी सबैको मन जित्ने र विजयी हुने अपेक्षा व्यक्त गरे ।

काक्रेबिहारबाट सुरु भएको ट्रफी सार्वजनिक अभियान अन्तर्गत आज दिनभर सुर्खेतका विभिन्न स्थानमा ट्रफी घुमाइने कार्यक्रम रहेको कर्णाली याक्सले जनाएको छ ।
कर्णालीमा पहिलो पटक एनपिएलको ट्रफी आइपुगेको यो क्षणले यहाँका खेलप्रेमीमा उत्साह थपेको छ ।
प्रकाशित मिति : २०८२ कात्तिक १९ गते बुधबार
प्रतिक्रिया दिनुहोस्