सुर्खेत । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर सुर्खेतको आयोजनामा “अल्पकालिन आश्रयसहितको जिल्ला सेवा केन्द्र, मानव सेवा आश्रम, जेष्ठ नागरिक दिवा सेवा केन्द्र तथा वृद्धाश्रम र सामाजिक विकास क्षेत्रको दुई दिने समीक्षा कार्यक्रम” सम्पन्न भएको छ ।

कार्यक्रम मिति २०८२ साल कार्तिक १८ र १९ गते मानव संसाधन विकास केन्द्र, वीरेन्द्रनगर सुर्खेतको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्लामा सञ्चालनमा रहेका अल्पकालिन आश्रय स्थल, जेष्ठ नागरिक दिवा सेवा केन्द्र तथा आश्रमहरूको अवस्था, सेवा विस्तारका सम्भावना, उपलब्ध अवसरहरू र देखिएका चुनौतीहरूबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले आ–आफ्नो जिल्लाको अनुभव, समस्या र सुधारका सुझावहरू प्रस्तुत गर्दै आगामी दिनमा प्रभावकारी सेवा प्रवाहका लागि सहकार्य र नीतिगत समन्वय आवश्यक रहेको धारणा राखेका थिए ।
समीक्षा कार्यक्रमले सामाजिक विकास क्षेत्रसँग सम्बन्धित संस्थागत सुधार, नीति कार्यान्वयन र सेवाको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्