२०८३ वैशाख ५ , शनिबार

एनपीएलको ट्रफी सुर्खेतका दश स्थानमा प्रदर्शन गरिने



 

सुर्खेत । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी टुर सुर्खेतका विभिन्न दश स्थानमा प्रर्दशन गरिने भएको छ । क्रिकेटप्रेमीहरूबीच उत्साहको वातावरण बीच विभिन्न स्थानमा ट्रफी प्रदर्शन गरिन लागेको हो ।
ट्रफी सुर्खेतको ऐतिहासिक काँक्रेविहारमा बिहान ९ः३० बजे गरिनेछ । त्यसपछि ट्रफी क्रमशः येरीचोक, बाँङ्गेशिमल चोक र गणेशचोकमा प्रर्दशन गरिने नेपाल क्रिकेट संघले जनाएको छ ।

त्यस्तै वीरेन्द्रचाैक,  घण्टाघर र त्यसपछि शंकरचोक प्रदर्शन गरिने छ । ट्रफीलाई देउती बजै मन्दिरमा पनि प्रदर्शन गरेन छ भने  बुलबुले तालमा अवलोकनका लागि प्रदर्शनीमा राखिनेछ । त्यस्तै मंगलगढी चाैकमा प्रदर्शनपछि प्रदेश रंगशालामा पनि ट्रफी प्रदर्शन गरिने छ । सिद्धार्थ बैंक नेपालको मुख्य प्रायोजकत्वमा आयोजित एनपीएल ट्रफी टुर ले देशका विभिन्न शहरहरूमा क्रिकेटप्रेमीहरूसँग अन्तरक्रिया र उत्साह बाँड्ने उद्देश्य राखेको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक १८ गते मंगलबार