सुर्खेत, कार्तिक १९। नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी टुर सुर्खेत आइपुगेको छ । सुर्खेतमा ल्याइएको ट्रफी टुरको सुरुवात सुर्खेतको ऐतिहासिक स्थल काँक्रेविहारबाट गरिनेछ। त्यसपछि ट्रफी विहान साढे दश बजेदेखि १ घण्टासम्म सिद्धार्थ बैंक, सुर्खेत शाखामा अवलोकनका लागि राखिने कार्यक्रम रहेको छ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको मुख्य प्रायोजक हो। सो अवसरमा क्रिकेटप्रेमी तथा सर्वसाधारणका लागि ट्रफी नजिकबाट हेर्ने र तस्वीर खिच्ने अवसर रहनेछ। एनपीएल अन्तर्गत ट्रफी टुर देशका विभिन्न सहरमा क्रमशः भइरहेको छ,जसअन्तर्गत सुर्खेतमा मंगलबार कार्यक्रम विशेष उत्साहका साथ मनाइने अपेक्षा गरिएको छ।
प्रकाशित मिति : २०८२ कात्तिक १८ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्