२०८३ भदौ २९ , सोमबार

कर्णालीलाई पाेखरासँग जाेड्ने ३७ सदस्यीय टाेली सुर्खेतमा



सुर्खेत । कर्णालाई पर्यटकीय राजधानी पाेखरासँग जाेड्ने प्रयास स्वरूप ३७ सदस्यीय एउटा टाेली सुर्खेत आइपुगे छ । पोखराको पर्यटन प्रवर्द्धनका लागि सुरु गरिएको ‘जाऊँ है बेगनास पोखरा’ अभियान अन्तर्गत एक टोली मंगलबार सुर्खेत आइपुगेको हाे।
होटल तथा रेस्टुरेन्ट एसोसिएसन, लेखनाथको आयोजनामा नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ काे सहयोगमा आएको टोलीले सुर्खेतमा पर्यटन सम्बन्धी कार्यक्रम नै गरेको छ।
कर्णाली प्रदेशकाे उद्योग, पर्यटन, वन तथा वातावरणमा आयाेजित कार्यक्रममा मन्त्री सुरेश अधिकारीले टोलीलाई कर्णालीका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिइएका छन् । उनले पोखरा र कर्णालीबीच पर्यटन विकासका लागि सहकार्य गर्ने सहमति हुन सक्ने धारणा राखे ।
कार्यक्रममा उद्योग वाणिज्य महासंसंघ कर्णालीका अध्यक्ष पदमबहादुर शाहीले कर्णालीको पर्यटन गति बढ्दै गएको भन्दै पोखरासँग सहकार्य गर्न सके दुबै पक्षलाई घ लाभ हुने बताए।
कार्यक्रममा होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेलका अनुसार अभियानले आन्तरिक पर्यटन र क्षेत्रीय साझेदारी बढाउने लक्ष्य लिएको बताए ।

प्रकाशित मिति : २०८२ कात्तिक १८ गते मंगलबार