
सुर्खेत । सुर्खेतमा लागुऔषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छन्। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–७ का ३० वर्षीय नरेन्द्र ठाडा रहेका छन्। उनलाई शंकास्पद अवस्थामा फेला पारेर शरीर तथा घर तलासी गर्दा साथबाट ५३० मिलिग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले
जनाएको छ। प्रहरीका अनुसार ठाडा काठमाडौंको जगन्नाथदेवल कारागारमा लागूऔषध मुद्दामा कैद सजाय भोगिरहेका थिए र गत भदौ २४ गते ‘जेन–जी आन्दोलन’का क्रममा फरार भएका थिए।
उनीसँगै सोही स्थानबाट वीरेन्द्रनगर नगरपालिका–८ की १९ वर्षीया ललिता तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मोहनजंग बुढाले जानकारी दिए। त्यसैगरी, सोही दिन साँझ साढे ८ बजे वीरेन्द्रनगर नगरपालिका–११ स्थित शुभ्वाकुनाबाट थप तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको क.प्र।.०२–००१ ज ०७०९ नम्बरको ईभी गाडीमा सवार ती व्यक्तिहरूको साथबाट २ ग्राम ब्राउनसुगर बरामद गरिएको हो।
पक्राउ पर्नेमा वीरेन्द्रनगर–११ का १८ वर्षीय बिशाल ठाडा मगर, वडा नम्बर १२ का अन्दाजी २२ वर्षीय राजु सुनार र वडा नम्बर ७ का १८ वर्षीय रमेश सुनार रहेका छन्। प्रहरीले पक्राउ परेका सबै जनामाथि आवश्यक कानुनी कारबाही अघि बढाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्