२०८३ वैशाख ६ , आइतबार

खुकुरी प्रहारबाट दुई जना घाइते



सुर्खेत । सुर्खेतमा खुकुरी प्रहारबाट दुई जना घाइते भएका छन् । घाइते हुनेहरूमा वीरेन्द्रनगर नगरपालिका-२ अन्दाजी ४२ वर्षीय कलम सिंह र उनका १३ वर्षीय छाेरा धर्म सिंहलाई छन् । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दुबै जनाकाे प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । स्थानीयका अनुसार साेही ठाउका माेहन वलीले खुकुरी प्रहार गरेको र घटना लगत्तै उनी फरार भएको जनाएका छन् । यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने घटनाको अनुसन्धान भइरहेको बताएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक १७ गते सोमबार