२०८३ वैशाख ६ , आइतबार

एन्फा प्रेसिडेन्ट लिग खेल्ने टाेलिकाे विदाई



सुर्खेत । आगामी कार्तिक १९ गतेदेखि हेटौंडा, मकवानपुरमा सुरु हुन गइरहेको एन्फा प्रेसिडेन्ट लिग २०८२ मा कर्णाली प्रदेशको तर्फबाट प्रतिनिधित्व गर्न लागेका काँक्रेबिहार क्लब, सुर्खेतका खेलाडी तथा अफिसियल टाेलिरलाई सुर्खेतबाट औपचारिक रूपमा बिदाइ गरिएको छ।
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र सुर्खेतका खेलप्रतिहरूले टाेलिलाई विदाइ गरेका हुन् । मुख्यमन्त्री कँडेलले निवासमै विदाई गरेका हुन भने अन्लय जनप्रतिनिधि र खेलप्रति गायतले सुर्खेतकाे पिपल चाैतारामा कार्यक्रम नै गरेर खेलाडीहरूलाई विदाइ गरेका हुन् ।


सहभागीहरूले टोलीलाई आगामी प्रतिस्पर्धाका लागि अग्रिम शुभकामना व्यक्त गर्दै राम्रो प्रदर्शनमार्फत प्रदेशको गौरव बढाउने अपेक्षा व्यक्त गरे।


काँक्रेबिहार क्लबले यसअघि पनि कर्णाली प्रदेशस्तरका विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो पहिचान बनाइसकेको छ। टोलीले हेटौंडामा हुने प्रेसिडेन्ट लिगमा पनि उत्कृष्ट प्रदर्शन गर्ने आत्मविश्वास जनाएको छ।

प्रकाशित मिति : २०८२ कात्तिक १५ गते शनिबार