
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय, सुर्खेत र भारतको बिरला ग्लोबल विश्वविद्यालयबीच दुई पक्षीय सहकार्य सम्झौता भएको छ।
सम्झौतामा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतम र बिरला ग्लोबल विश्वविद्यालयका उपकुलपति प्रा. कुलभूषण बालोनीले हस्ताक्षर गर्नुभएको हो।
सम्झौता कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेल, अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदु प्रसाद ज्ञवाली, र बिरला ग्लोबल विश्वविद्यालयका डीन डा. सत्यकामा मिश्रको उपस्थिती रहेको थियो।
यो सम्झौताको मुख्य उद्देश्य दुई विश्वविद्यालयबीच शैक्षिक, सांस्कृतिक र अनुसन्धानात्मक सहकार्य बढाउनु हो। सम्झौताअनुसार अब दुबै विश्वविद्यालयले विद्यार्थी र प्राध्यापक साटासाट कार्यक्रम, संयुक्त अनुसन्धान र प्रकाशन, सेमिनार र सम्मेलन, अध्ययन भ्रमण, छोटो अवधिका तालिम र संयुक्त शिक्षण तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्नेछन्।
सम्झौताको अवधि पाँच वर्षको रहनेछ र त्यसपछि आवश्यक परेमा स्वचालित रूपमा नवीकरण हुने व्यवस्था गरिएको छ।
प्रतिक्रिया दिनुहोस्