
सुर्खेत । लामो समयदेखि निर्माणाधिन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले चासो बढाएका छन् । निर्माणाधिनस्थलको अनुगमन गरेर उनले विद्युत लाइन प्रसारणमा चासो बढाएका हुन् ।
नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाहलाई सहानुभूति दिन बर्दिया जानेक्रममा मुख्यमन्त्री कँडेलले शुक्रबार हर्रे र बबई क्षेत्रको अवलोकन गरेका छन् । अध्यक्ष शाह बुवाको मृत्युपछि शोकमा छन् । शाहको बुवा रोमहर्ष शाह हप्तादिनअघि मृत्यु भएको थियो । पृतिशोकमा परेका शाहका परिवारलाई सहानुभूति दिन मुख्यमन्त्री कँडेल सहितका नेताहरु शुक्रबार शाहको निवासमा पुगेका थिए । सोहीक्रममा मुख्यमन्त्री कँडेलले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निमाणस्थल हर्रे र बबई क्षेत्रको अवलोकन गरेका थिए ।
प्रकाशित मिति : २०८२ कात्तिक १४ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्