२०८३ वैशाख ६ , आइतबार

सुर्खेतमा छाेराले गरे आमाको हत्या



सुर्खेत । सुर्खेतमा शुक्रबार आफ्नै छाेराले आमाको हत्या गरेका छन् । पूर्वी भेरीगंगा नगरपालिका-१२ का छाेराले फरुवाले हानेर आमाको हत्या गरेकाे प्रहरीले जनाएको छ । अत्याधिक मदिरा सेवन गरेको अन्दाजी ३५ वर्षीय कविराम बस्नेले ८५ वर्षीय आमा धनिकला बस्नेतलाई फरूवा प्रहार गरेका थिए । फरूवा प्रहारबाट धनिकला गम्भीर घाइते भएकी थिइन्।

आफन्तले उनलाई तत्कालै उपचारका लागि वीरेन्द्रनगर स्थित प्रदेश अस्पताल पुर्याएका थिए । उनकाे उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

आमाको हत्या गर्ने छाेरा कविरामलाइ छिन्चु प्रहरीले नियन्त्रणमा लिएरकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख सुदिरराज शाहीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेकाे  प्रहरीले जनाएकाे छ

प्रकाशित मिति : २०८२ कात्तिक १४ गते शुक्रबार