२०८३ वैशाख ६ , आइतबार

सुरु भयो कर्णाली प्रदेश सभाको पुननिर्माण



सुर्खेत । जेनजी आन्दोलनमा ध्वस्त बनाएको कर्णाली प्रदेश सचिवालयको पुननिर्माण सुरु भएको छ । बुधबारदेखि नै प्रदेशसभाको पुननिर्माण सुरु भएको हो। प्रदेशसभाको बैठक कल (अधिवेशन चल्ने स्थान) बाहेक सबै संरचनाहरुको पनुनिर्माण चालिएको प्रदेशसभा सचिवालयले जनाएको छ । “तत्काललाई प्रदेशसभाको बैठक हल बाहेकका सबै संरचनाहरु पुननिर्माण सुरु भएको छू कर्णाली प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले भने, “बुधबार हामी पुननिर्माण जुटेका छौं, सरसफाई लगायतका कामहरु सुरु भएका छन् । पूर्णरुपमा सरफाई सकेपछि रंगरोगन र फर्निचर व्यवस्थापनका कामहरु गर्ने सचिव बुढाचौकीले जानकारी दिए ।


हालः प्रदेशसभाले नियमित बजेटबाट पुननिर्माण सुरु भएको हो। अपुग बजेट भने प्रदेश सरकारसँग माग गरिने छ । जेनजीको आन्दोलनबाट प्रदेशसभाको सबै संरचनाहरु क्षति भएका छन् । हाललाई सरसफाई, रंगरोगन र फर्निचनर व्यवस्थापन गरेर प्रयोग गर्न मिल्ने सबै संरचनाहरु पुननिर्माण गरिने छ ।
प्रदेशसभाले आगामी अधिवेशन समेत प्रदेशसभा परिषरमै सञ्चालन गर्न मिल्ने गरी पुननिर्माण थालेको हो। अन्य स्थानमा प्रदेशसभाका बैठकहरु सञ्चालन गर्दा हरेक हिसाबले व्यवस्थापन खर्च बढ्ने भएपछि प्रदेशसभा परिषरमै अस्थायी संरचना निर्माण गरेर आगामी अधिवेशन सञ्चालन गर्ने हिसावले पुननिर्माण सुरु भएको सचिव बुढाथोकीले जानकारी दिए ।


आन्दोलनकारीले गरेको तोडफोड र बाराजनीबाट प्रदेशसभाको पदाधिकारीका कार्यकक्ष, चारवटै विषयगत समितिका बैठक कक्ष र कर्मचारीको सचिवालय लगायतका सबै संरचनाहरु ध्वस्त भएका छन् । संरचनाहरु ध्वस्त भएपछि प्रदेशसभाका कर्मचारीहरुले पालो कुरेर नियमित कामहरु गर्नुपर्ने बाध्यता छ । कर्मचारीको सचिवालय नै ध्वस्त भएपछि हाल सभामुखको आवास रहेको भवनबाट अस्थायी रूपले प्रदेशसभामा नियमित कामहरू भइरहेका छन् ।

बुधवार सभामुख नन्द्रा गुरुङ्गको अध्यक्षतामा बसेको कार्य व्यवस्था तथा परामर्श समितिको बैठकले पनि प्रदेशसभाका संरचनाहरु पुननिर्माण गर्ने निर्णय गरेको थियो । त्यसअघि मंगलबार मात्र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले पनि प्रदेशसभाको पुननिर्माण सुरु गर्न निर्देशन दिएका थिए।

प्रकाशित मिति : २०८२ कात्तिक १३ गते बिहीबार