
सुर्खेत । कर्णाली प्रदेश सरकारले बेवारिसे, असहाय, विपन्न नागरिकको उपचारका लागि यातायात खर्च दिने भएको छ । वडाको वा उपचार गरिएको अस्पतालले सिफारिसको आधारमा मन्त्रालयमा निवेदन दिएमा यस्ता विरामीलाई सरकारले याताया खर्च उपलब्ध गराउने कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए । ‘वडाको सिफारिस वा उपचार गरिएको अस्पतालले बेवारिसे, असहाय, विपन्न, यातायात खर्चको अभावमा अस्पताल पुग्न वा अस्पतालबाट घर जान नसक्ने बिरामी सिफारिस भई मन्त्रालयमा निवेदन दिएमा यस्ता विरामीलाई सरकारले याताया खर्च उपलब्ध गराउने छ’ कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले भने, ‘यस्ता विरामीका लागि भौगोलिक दुरीका आधारमा ५ हजारदेखि २० हजारसम्म यातायात खर्च उपलब्ध सरकारले उपलब्ध गराउँछ । प्रदेश सरकारले बेवारिसे, असहाय, विपन्न नागरिकको उपचारका लागि चालु आर्थिक वर्षको बजेटमै यातायात खर्चका लागि बजेट बिनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्