सुर्खेत । सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले विपद्का लागि जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि स्रोत आवश्यक हुने बताएका छन्। विहीबारदेखि सुरु भएको प्रदेश स्वास्थ्य आपतकालीन तयारी र प्रतिकार्य योजना सम्बन्धी कार्यशालाको उद्घाटन सत्रमा बोल्दै उनले कर्णालीको भूगोल अनुकूल विपद्मा प्रतिकार्यका लागि तत्काल खर्च गर्ने स्रोत जुटाउन कठिन हुने गरेको बताए।
राष्ट्रिय अन्तराष्ट्रिय तालिम प्राप्त जनशक्तिहरु संख्यामा धेरै भएपनि प्रतिकार्यमा फिल्ड खटिने संख्या कम भएको टिप्पणी गरे। तथापि आगामी दिनमा सक्रिय रूपमा खटाउन क्रियाशील व्यक्तिहरूको छनोट गरिने बताए।

कार्यान्वयन हुने योजनाहरुको निर्माण र त्यसको रूपरेखा तयार गर्न यस किसिमको गोष्ठीले सहयोग पुग्ने बताए। विपद्मा स्थानीय जनशक्ति र स्रोतको उपयोग हुनेगरी त्यस किसिमको कार्ययोजना निर्माण गर्न अपिल गरे। उपयुक्त योजनालाई सरकारले अपनत्व लिँदै सक्रिय बनाइने सरकारको तर्फबाट प्रतिवद्धता जनाए।
प्रतिक्रिया दिनुहोस्