सुर्खेत । जेनजी आन्दोलनपछि ध्वस्त भएको कर्णाली प्रदेशसभाको पुननिर्माण हुने भएको छ । बुधबार सभामुख नन्दा गुरुङको अध्यक्षतामा बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले प्रदेशसभाको सचिवालय र पदाधिकारीहरुको कार्यकक्ष पुननिर्माण गर्ने निर्णय गरेको हो । तत्कालका लागि प्रदेशसभाको नियमित बजेटबाट सचिवालय र पदाधिकारीहरुको कार्यकक्ष पुननिर्माण गर्ने निर्णय गरेको हो । पुननिर्माणका लागि आवश्यक अपुग बजेट भने पछि सरकारसँग माग गरिने छ ।
त्यस्तै आगामी दिनमा प्रदेशसभाको नियमित गतिविधिहरु अगाडि बढाउनका लागि सर्वदलिय बैठक बोलाउने समेत निर्णय भएको कर्णाली प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए । सबै दलका शीर्ष नेताहरु प्रदेश राजधानी झरेपछि उपयुक्त समयमा सर्वदलिय बैठक बोलाउने निर्णय गरिएको हो । सबै दलहरुसँग समन्वय गरेर सभामुखले सर्वदलिय बैठक बोेलाउने छिन् ।
प्रकाशित मिति : २०८२ कात्तिक १२ गते बुधबार
प्रतिक्रिया दिनुहोस्