२०८३ वैशाख ५ , शनिबार

उच्छृङ्खल गतिविधि गरेकाे आराेपमा सुर्खेतबाट ९ जना पक्राउ



सुर्खेत । सुर्खेतमा उच्छृङ्खल गतिविधि र झैझगडा गरेकोे आराेपमा ९ जना पक्राउ परेका छन् । देउसी–भैलो खेल्ने क्रममा उच्छृङ्खल गतिविधि र झैझगडा गरेकोे आराेपमा उनिहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार कात्तिक ६ गते राति करिब १:३० बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० नयाँ घुस्रास्थित सार्वजनिक सडकमा देउसी–भैलो खेल्ने क्रममा केही युवाहरुबीच झैझगडा भएको थियो। झैझगडाका क्रममा बाटो छेकी पिडितलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको हो।
घटनापछि फरार रहेका प्रतिवादीहरूलाई खोजतलासका क्रममा कार्तिक ८ गते बिहान ८:०० बजे प्रहरीले वीरेन्द्रनगर–१० क्षेत्रमा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी डिएसपी मोहनजंग बुढथापाले जानकारी दिएका छन्। उनिहरू विरुद्ध म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८२ कात्तिक ११ गते मंगलबार