२०८३ वैशाख ६ , आइतबार

काँग्रेस नेता थानीको माग “तोकिएको समयमा निर्वाचन गर्नुपर्छ”



सुर्खेत । नेपाली कांग्रेसका नेता हृदयराम थानीले तोकिएको समयमा नै निर्वाचन हुनुपर्ने बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले देशमा विशेष परिस्थिति भए पनि निर्वाचन तोकिएको मिति फागुन २१ गतेनै गर्नुपर्ने बताएका हुन् । उनले देशमा फैलिँदो अस्थिरता र जेन–जी आन्दोलनबारे पनि टिप्पणी गर्दै भने, “मैले पहिले नै गृहमन्त्री र प्रधानमन्त्रीलाई सुशासन कायम गर्न सुझाव दिएको थिएँ, तर सरकारले त्यसलाई बेवास्ता गर्‍यो। त्यसकै परिणाम हो जेन–जेड आन्दोलन भयो।” थानीले संसद् विघटनपछि पुनःस्थापनाको पक्षमा आफू नरहेको स्पष्ट पारे। उनका अनुसार अहिले मुख्य कुरा पार्टीको जित–हार नभई देश र जनताको जित हो।

प्रकाशित मिति : २०८२ कात्तिक ११ गते मंगलबार