सुर्खेत। सुर्खेतमा लागूऔषध (ब्राउनसुगर) सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्ला बाँके खजुरा गाउँपालिका वडा नं.०८ स्थायी घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ०३ निवासी २३ वर्षिय सद्दाम हुसेन खाँ रहेका छन् । उनलाई वीरेन्द्रनगर नगरपालिका वडा नं.०३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । साेमबार लागुऔषधकाे कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा यस कार्यालय र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयूक्त प्रहरी टोलीले पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनकाे शरीर तथा घर कोठा खानतलासी गर्दा निजको साथबाट शुद्द २ ग्राम ६५० मिलिग्राम (दुई ग्राम छ सय पचास मिलिग्राम) लागूऔषध ब्राउनसुगर बरामद गरिएकाे प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ कात्तिक ११ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्