
सुर्खेत । नेपाल तरूण दलको ७३ औ स्थापना दिवसको अवसरमा तरूण दल सुर्खेतले चियापन तथा शुभकामना आदानप्रधान कार्यक्रम गरेको छ । स्थापना दिवसको अवसरमा तरुण दल सुर्खेतले सोमबार पार्टी कार्यालयमा चियापन तथा शुभकामना आदानप्रधान कार्यक्रम गरेको हो ।
कार्यक्रममा तरुण दलमा आबद्ध युवा तथा पार्टीका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तरुण दल नेपाली काँग्रेस निकट युवाहरुको भ्रातृ संगठन हो ।
प्रकाशित मिति : २०८२ कात्तिक १० गते सोमबार
प्रतिक्रिया दिनुहोस्