
सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिका–६ नम्बर वडा कार्यालयले आफ्नै भवन बनाएको छ । भवन बनेसँगै अवदेखि आफ्नै भवनबाट वडा कार्यालयले सेवा प्रवाह गर्ने भएको जनाएको छ । भवनको अभावमा वडाले लामो समयदेखि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको थियो । भवन बनेसँगै घरभाडा जोगिएको छ भने सेवा प्रवाहमा समेत सहज हुने अपेक्षा गरिएको छ । यसैबीच नवनिर्मित भवनको मंगलबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले एक समारोहका बीच उद्घाटन गरेका छन्
प्रकाशित मिति : २०८२ साउन २८ गते बुधबार
प्रतिक्रिया दिनुहोस्