
सुर्खेतमा राती दश बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ । शान्ति सुरक्षालाई ध्यान दिँदै प्रशासनले बिहान ७ः०० बजेदेखि बेलुकी १०ः०० बजेसम्म देउसी भैलो, नाचगान लगायतका साँस्कृतिक क्रियाकलापहरु गर्न पाइने सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले जानकारी दिए ।
शुभ–दिपावली, नेपाल सम्वत् तथा छठ पर्वको पावन एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारीले बताएको हुन् । प्रशासनले मादकपदार्थ सेवन गरी वा नगरी सर्वसाधारणलाई असर पर्नेगरी सार्वजनिक स्थानमा भिडभाड, हो–हल्ला, झै–झगडा भएको थाहा हुनासाथ १०० मा फोन गरी प्रहरीलाई जानकारी गराउन समेत आग्रह गरेको छ ।
त्यस्तै जुवातास र पैसाको बाजी राखी लङ्गुरबुर्जा, क्यारमबोर्ड, मोबाइगेम जस्ता खेल पनि नखेल्न आग्रह गरेको छ । भुइचम्पा, पटका तथा आतसबाजी जस्ता विष्फोटक पदार्थहरुको ओसार पसार, बिक्री÷वितरण र प्रयोगमा पनि रोक लगाएको छ । जाडपर्वमा अखाद्य बस्तुको प्रयोग रोक्नका लागि सावधानी अपनाउन र गुणस्तरहीन खाद्य बस्तु बिक्री वितरण नगर्न पनि भनिएको छ । अखाद्य वस्तु, रङ मिसाईएका, म्याद गुज्रेका, कानूनले बर्जित गरेका गुणस्तरहीन खाद्य वस्तुहरु बिक्री वितरण एवम् उपभोग नगर्न र गुणस्तरीय खाद्यवस्तुहरु खरिद तथा उपभोग गर्न प्रशासनको आग्रह छ ।
तर कानून विपरित काम गर्नेलाइ कुनै चाड पर्वमा गरेको भनी छुट नदिइ कारवाही गरिने व्यहोरा समेत प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्