सुर्खेत । राउटे समुदायलाई खाद्यान्न र सरसफाई सामग्री वितरण गरिएको छ । सामाजिक विकास कार्यालय दैलेखले सुर्खेतको लेखबेसी नगरपालिका–८ मा पुगेर यी सामग्रीहरु वितरण गरेको हो । वितरण गरिएका साममग्रीहरूमध्ये चामल ४० बोरा, खुर्सानी ४० केजी, नुन ४० केजी, नुहाउने साबुन ८० पिस, लुगा धुने साबुन ८० पिस, श्याम्पु ८० पिस, त्रिपाल ४० थान तथा लेखनपठनका लागि आवश्यक ट्याप १२ थान रहेका छन् ।
वितरण गरिएका सामग्रीहरु राउटेको दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सामग्रीहरू हुन् । यस कार्यक्रमले राउटे समुदायको जीवनस्तरमा सकारात्मक प्रभाव र शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा पहुँच विस्तार गर्ने अपेक्षा छ । कार्यक्रममा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्री, सामाजिक विकास कार्यालय दैलेखका प्रमुख लोकेन्द्रबहादुर बिष्ट लगायत सहभागी थिए ।
प्रकाशित मिति : २०८२ कात्तिक २ गते आइतबार
प्रतिक्रिया दिनुहोस्