२०८३ वैशाख ६ , आइतबार

भैरव देवता धार्मिक समाजको अध्यक्षमा बस्नेत



सुर्खेत । भैरव देवता धार्मिक समाज सुर्खेतको अध्यक्षमा कृष्णबहादुर बस्नेत निर्वाचिन भएका छन् । बुधबार वीरेन्द्रनगरमा सम्पन्न संस्थाको दशौँ वार्षिक साधारणसभाले बस्नेतको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा धर्मराज रिजाल, सचिवमा विवेक कुमार पन्त, कोषाध्यक्षमा खडानन्द सापकोटा र सहसचिवमा वसन्ती रोकाय (पन्त) सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा विष्णुदेवी कोइराला, कल्पना गौतम, विशाल बस्याल, घनश्याम बस्नेत, शिवम् आचार्य, सन्देश थापा र इन्द्रलाल गौतम निर्वाचित भएको नवनिर्वाचित सचिव विवेककुमार पन्तले जानकारी दिए ।
सर्वसम्मत निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन अधिकृत किरणकिशोर पन्त प्रमाणपत्रसहित सपथ ग्रहण गराएका थिए । निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्ष रहने छ ।
वीरेन्द्रनगर–४ वडाध्यक्ष शेरबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिक साधारण सभामा आर्थिक वर्ष २०८१/०८२ को आर्थिक र संस्थागत प्रगति प्रतिवेदन पेश गरिएको थियो ।

प्रकाशित मिति : २०८२ असोज २९ गते बुधबार