
हुम्लामा शुक्रबार भएको जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु चंखेली गाउँपालिका–६ की वसन्ती बुढा, उनकी छोरी र सो वडाको मानबीर बुढा रहेको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले जानकारी दिए । दुर्घटनामा अन्य छ जना घाइते भएका छन् ।
त्यस्तै सोही दुर्घटनामा कैलाश शिरा, जिप चालक बहादुर लामा, हमेन्द्र रोकाया, हंस बुढा, पार्वती सिरा र विमला बुढा घाइते भएका छन् । घाइतेहरुको पिप्लाङ स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत पु¥याइएको सेनाका पाइलट महासेनानी दीपध्वज खड्काले जानकारी दिए । घाइतेमध्ये जाकृती रोकाय, पार्वती सिरा, कैलाश सिरा, बहादुर लामा र महेन्द्र रोकायलाई प्रदेश अस्पताल ल्याइएकाे हाे ।
शुक्रबार चंङ्खेली गाउँपालिका–६ को मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेत आउने क्रममा कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बरको जीप चङ्खेली गाउँपालिका–४ को देसीखोला गोठ्यानामा दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित नौ जना यात्रु सवार थिए ।
प्रतिक्रिया दिनुहोस्