२०८३ वैशाख ५ , शनिबार

सुर्खेत गाडी दुर्घटना हुँदा १७ जना घाइते (विवरणसहित)



सुर्खेत । सुर्खेतमा आइतबार बिहान भएको गाडी दुर्घटनामा १७ जना घाइते भएका छन् । आइतबार बिहान करिब ४ बजेको समयमा रत्नराजमार्ग अन्तर्गत वीरेन्द्रनगर नगरपालिका ११ ठूलो ब्युरेनिस्थित रत्नराजमार्गमा बाँकेको कोहलपुरबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ११२९ नम्बरको ईभी गाडी दुर्घटनमा परेको थियो ।
प्रहरीका अनुरासार घाइते मध्ये ८ जनाको प्रदेश अस्पताल कालगाउँमा र ९ जनाको देउती नर्सिङहोम अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा गाडी चालकदेखि यात्रु समेत छन् ।
हेनुहोस् घाइतेहरुको विवरण

प्रदेश अस्पताल कालागाउँमा उपचारत घाइते
१. चालक जिल्ला सुर्खेत बराहताल गाउँपालिका ४ बस्ने बर्ष ३८ को हरी मल्ल कम्मरमा चोट अवस्था मध्यम रहेको।
२. जिल्ला जुम्ला चन्दननाथ नपा १ बस्ने बर्ष १८ को दिपेन्द्र दमाई बाँया हातमा चोट अवस्था सामान्य रहेको ।
३. जिल्ला जुम्ला सिंजा गापा ५ बस्ने बर्ष २८ को महेन्द्र शाही बाहिरी चोटपटक नदेखिएको अवस्था सामान्य रहेको
४. जिल्ला सुर्खेत वीरेन्द्रनगर नपा ३ बस्ने बर्ष ३८ को लाल ब। शाही बाँया गालामा चोट अवस्था सामान्य रहेको ।
५. ऐ ऐ बस्ने बर्ष २७ की लक्ष्मी कठायत बाहिरी चोटपटक नदेखिएको अवस्था सामान्य रहेको ।
६. ऐ ऐ वडा न ११ बस्ने बर्ष ३८ को नरेश शाही नाकमा चोट अवस्था सामान्य रहेको ।
७. सुर्खेत लेकबेशी नपा ६ बस्ने बर्ष ३५ को पर्शुराम घर्ती मगर बाँया कुँममा चोटअवस्था सामान्य रहेको ।
८. जिल्ला दैलेख दुल्लु नपा ६ बस्ने बर्ष २३ को शम्सेर खड्का बाहिरी चोटपटक नदेखिएको अवस्था सामान्य रहेको ।

देउती नर्सिङहोम सुर्खेतमा उपचार भइरहेका घाइते
९. जिल्ला दैलेख दुल्लु नपा- ११ बस्ने बर्ष ३० को लक्ष्माण कार्की टाउकोमा चोट अबस्था सामान्य ।
१०. जिल्ला जुम्ला सिंजा गापा ३ बस्ने बर्ष २४ की राज्य लक्ष्मी हमाल दुबै हात खुट्टामा सामान्य चोट।
११. जिल्ला दैलेख दुल्लु नपा १० बस्ने बर्ष २६ गणेश योगी दुबै हातमा चोट अवस्था सामान्य।
१२. जिल्ला कालिकोट पचाल झरना गापा ३ बस्ने बर्ष २२ को रोशन विक घाँटीमा चोट अवस्था सामान्य।
१३. जिल्ला जुम्ला सिंजा गापा ४ बस्ने बर्ष २२ को ऐन रोकाय छातीमा चोट अवस्था सामान्य।
१४. ऐऐवडा १ बस्ने बर्ष १६ की रक्षा धिताल दुबै हातमा चोट अवस्था सामान्य।
१५. ऐऐ वडा ५ बस्ने बर्ष २२ की बिष्णु शाही टाउको,हात र खुट्टामा चोट अवस्था सामान्य।
१६. जिल्ला मुगु सोरु गापा ९ बस्ने बर्ष ३२ को दिनेश शाही छाती र टाउकोमा चोट अवस्था सामान्य।
१७. जिल्ला जुम्ला चन्दननाथ गापा १ बस्ने बर्ष २१ को श्री परियार कम्मर र हातमा चोट सामान्य।

प्रकाशित मिति : २०८२ असोज १२ गते आइतबार