२०८३ वैशाख ५ , शनिबार
युवाहरूकाे सहयाेगी मन

जापानबाट पठाए बादी समुदायका बालबालिकालाई खाद्यान्न



सुर्खेत । सुर्खेत रहेको बादी समुदायका बालबालिकालाई खाद्यान्न सहयोग गरिएको छ । रोजगारी तथा अध्ययनको शिलशिलामा जापानमा रहेका कर्णालीका युवाहरुको साझा संस्था कर्णाली प्रदेश समाज जापानले बादी सरोकार मञ्चमा आश्रित बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको हुन् । दशैको कोशेली स्वरुप बादी बालबालिकालाई खाद्यान्न सहयोग गरिएको हो । केही समयअघि कर्णाली प्रदेश समाज जापानले जापानमा आयोजना गरेको ‘कर्णाली सांस्कृतिक साँझ’बाट संकलित रकमबाट खाद्यान्न सहयोग गरिएको हो । खाद्य सामग्री नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशीलराज शर्मामार्फत बादी सरोकार मञ्चलाई हस्तान्तरण गरिएको हो ।
बादी सरोकार मञ्चको आश्रयमा हाल एक सय १० जना वालबालिकाहरु अध्ययन गरिरहेका छन् । खाद्य सामग्री ग्रहण गर्दै मञ्चका प्रतिनिधि प्रकाश बादीले सहयोगी निकाय कर्णाली प्रदेश समाज जापानप्रति धन्यवाद ज्ञापन गरे । कर्णाली प्रदेश समाज जापानका संस्थापक अध्यक्ष कृष्ण शाहीले आफ्नो पाँच बर्षेकार्यकालमा गरेका धेरै सामाजिक कार्यहरुमध्य यो अन्तिम काम भएको बताएका छन् ।

प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रबार