२०८३ वैशाख ५ , शनिबार

जेनजीका नाममा विध्वङ्स गर्नेहरुलाई कारबाही गर्नुपर्छ : उपसभापति खड्का



सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जेनजीको नाममा विध्वङ्स गर्नेहरुलाई कारबाही गर्नुपर्ने बताएका छन् । विहीबार गृहनगर सुर्खेत आइपुगेका खड्काले जेनजीले गरेको आन्दोलनका क्रममा घुसपैठ गरेर देशका महत्वपूर्ण संरचनाहरुमा आगजनी र तोडफोड गर्नेहरुलाई कानुनी कारवाही गर्नुपर्ने बताएका हुन् । ‘साँचिक्कै भन्दा जेनजीहरुको माग जायज थिए, उहाँहरुले पवित्र उद्देश्यले भदौँ २३ र २४ गतेको आन्दोलन गरेका हुन्’ उनले भने, ‘तर २३ गते युवाहरुको मृत्यु भइसकेपछि २४ गतेको आन्दोलनमा सड्यन्त्रकारीहरुले चार घण्टामै देशलाई खरानी बनाए ।’ सरकारले देशको सम्पतिलाई खरानी बनाउनेलाई कानुनी दायरामा ल्याउनुपर्ने समेत बताए ।
आन्दोलनमा जेनजी विध्वङ्स नगरेको भन्दै उनले जेनजीका नाममा महिनौदेखि योजना बनाएर बसेका सड्यन्त्रकारीहरुले मौका छोपेको बताए । ‘देशभर एकै प्रकृतिले सरकारी सम्पत्तिमा आगजनी गरिएको छ, छानीछानी नेताहरुको घर जलाइएको छ’ उनले भने, ‘पेट्रोल र सुतली बम बोकेर आगो लगाउने काम गरिएको छ, यस्तो विश्वम्स जेनजीहरुले गर्न सक्दैनन, सडयन्त्रकारीहरुले नै देशलाई खरानी बनाए ।’ सड्यन्त्रकारीले ठूलो ग्रान्ड डिजाइन गरेर नेपालको इतिहासमै पहिलो पटक चार घण्टाभित्रै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामाथि संगठित हमला गरेको उनको दाबी छ ।
‘निजी वा सार्वजनिक सम्पत्तिमा आक्रमण गरी लुटपाट गर्नेहरूलाई उन्मुक्ति दिन मिल्दैन, सरकारले कडा कारबाही गर्नुपर्छ’ उनले भने, ‘आन्दोलनको आडमा तालिमप्राप्त समूह परिचालन गरेर संवैधानिक निकायहरूलाई लक्षित गरिएयो ।’
एक अर्काे प्रसंगमा खड्काले अब नेपाली काँग्रेसलाई पुर्नगठिन गर्नुपर्ने बेला आएको बताए । तर पार्टीका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले भन्दै आएको पुस्तान्तरणको मुद्धा पार्टीको नभई व्यक्तिकै भएको प्रष्ट पारे । ‘मैले सुरु देखि नै काँग्रेसलाई पुर्नगठन गर्नुपर्छ भन्दै आएको छु’ उनले भने, ‘अहिले सभापति (शेरबहादुर देउवा) ज्यू उपचारमा हुनुहुन्छ, यस्तो अवस्थामा मेरो भूमिका समन्वयकारी हुन्छ, पुस्तान्तण गर्नुप¥यो अवथा पुनरगठन गर्नुप¥यो भन्दै हिड्दिन बेला आयो भने सबै भन्छु ।’ आफू पार्टीको कार्यवहाक सभापति भएका कारण पनि सभापतिलाई अप्ठेरो परेको अवस्थामा पार्टी पुनरगठन गठन हुनुपर्छ भन्दै नड्निे खड्काको भनाइ थियो ।

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहीबार