
सुर्खेत । साना किसान कृषि सहकारी संस्था उत्तरगंगा सुर्खेतको कारोबार ५० करोड नाघेको छ । संस्थाले गएको आर्थिक वर्ष २०८१÷०८२ मा ५० करोड ६४ लाख ९७ हजार ७७७ रुपैयाँको कारोबार प्रस्तुत गरेको छ । चालु वर्षमा यसलाई बढाएर ५६ करोड ५२ लाख ७५ हजार ६५० रुपैयाँ पु¥याउने लक्ष्य लिइएको छ ।
यसैबीच २९ औं साधारण सभाले विन्द्राकुमारी थापालाई अध्यक्ष र मीनाकुमारी थापालाई उपाध्यक्षमा निर्वाचित गरेको छ । त्यस्तै सदस्यहरुमा रेखा जैसी, खगिसरा राना, सुशीला डाँगी गौतम, रीता शर्मा, शान्ति थापा, पार्वती गिरी र सुमित्रा गिरी निर्वाचित भएका छन् ।
प्रकाशित मिति : २०८२ असोज ८ गते बुधबार
प्रतिक्रिया दिनुहोस्