२०८३ वैशाख ५ , शनिबार
मानव सेवामा प्रहरी अस्पताल

दुइ सय १३ जना कैदीबन्दीको निःशुल्क स्वास्थ्य उपचार



सुर्खेत । कर्णाली प्रदेश प्रहरी अस्पताल वीरेन्द्रनगर सुर्खेतले जिल्ला कारागारमा रहेका कैदीबन्दीको निःशुल्क स्वास्थ्य उपचार गरेको छ । अस्पताल र नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको संयुक्त आयोजना भएकाे निःशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य परामर्श कार्यक्रम कैदी बन्दीहरूको स्वास्थ्य उपचार गरिएको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको सहकार्यमा कारागार कार्यालय सुर्खेतमा रहेका २ सय १३ जना कैदीबन्दीको निःशुल्क स्वास्थ्य चेकजाँच, औषधी वितरण तथा स्वास्थ्य परामर्श कार्यक्रम गरिएको नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिइन ।

कर्णाली प्रदेश प्रहरी अस्पतालका प्रमुख प्राविधिक प्रहरी नायव उपरीक्षक डाक्टर श्याम कृष्ण लौडारी, प्राविधिक प्रहरी निरीक्षक डाक्टर विवेक पन्थी साथै अन्य अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले शिविरमा सेवा दिएका थिए । प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठ, सुर्खेतका कारागार प्रशासक लक्ष्मी खरेल लगायतको सहभागिता रहेको कार्यक्रम नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २०८२ असोज ८ गते बुधबार