२०८३ वैशाख ५ , शनिबार
बिनासकारी बन्यो जेनजी आन्दोलन

वीरेन्द्रनगर नगरपालिकामा झन्डै ११ करोडको क्षति



चल्दै गरेको वीरेन्द्रनगर–६ को वडा कार्यालय

सुर्खेत । जेनजीको आक्रमणबाट सुर्खेतको वीरेन्द्रनगरमा भएको आगलागीमा मात्रै ११ करोड बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको छ । नगरपालिकाको कार्यालय र १२ वडा वटा कार्यालयमा गरेर कुल १० करोड ९० लाख ८७ हजार रुपैयाँ बराबरको सम्पत्ति नष्ट भएको छ ।
जसमध्ये सबैभन्दा धेरै क्षति वीरेन्द्रनगर नगरपालिकाको कार्यालयमा मात्रै २ करोड ४६ लाख ३९ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
त्यस्तै १ नम्बर वडामा २५ लाख, २ नम्बर वडामा ३९ लाख ६० हजार ५ सय, ३ नम्बर वडामा १ करोड ६५ लाख, ४ नम्बर वडा कार्यालयमा ८५ लाख ३५ हजार, ५ नम्बर वडामा ४६ लाख ७५ हजार, ६ नम्बर वडामा १ करोड ३७ लाख ७४ हजार, ७ नम्बर वडा कार्यालय १८ लाख ९६ हजार, ८ नम्बर वडा कार्यालय १ करोड ४८ लाख ५ हजार, ९ नम्बर वडामा ३९ लाख ६० हजार १ सय, १० नम्बर वडामा ३५ लाख २५ हजार ९ सय, ११ नम्बर वडामा ४१ लाख ४३ हजार ४ सय र १२ नम्बर वडामा ६१ लाख ७३ हजार ५ सय बराबरको क्षति भएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असोज ७ गते मंगलबार