२०८३ वैशाख ५ , शनिबार
बढ्यो दशैको रौनक

वीरेन्द्रनगर आइपुगे हिमालीका भेडा च्याङ्ग्रा



सुर्खेत । दशैलाई लक्षित गर्दै हिमाली भेडा च्याङ्ग्राहरु वीरेन्द्रनर झारिएका छन् । व्यवसायीहरुले कर्णालीका हिमाली जिल्लाबाट भेडा च्याङ्ग्राहरु वीरेन्द्रगर ल्याए पु¥याएका हुन् । स्वास्थ्यको दृष्टिकोणले भेडा च्याङ्ग्राको मासु स्वादिष्ट र लाभदाय मानिन्छ । सोही कारण अधिकाँशले दशैमा भेडा च्याङ्ग्राहरुकै मासु खाने गरेका छन् । दशैमा मासुको राम्रो व्यापार हुने भएपछि व्यवसायीहरुले मुगु, जुम्ला, हुम्ला र डोल्पा लगायतका जिल्लाबाट भेडा च्याङ्ग्राहरु वीरेन्द्रनगर ल्याई पु¥याएका हुन् ।
वीरेन्द्रनगर ल्याइएका भेडा च्याङ्ग्राहरु व्यवसायीले चोकचौक र गल्लीगल्ली डुलाउन थालेका छन् । दशैमा भेडा च्याङ्ग्राको राम्रो व्यापार हुनेभएपछि हुम्लाबाट भेडा च्याङ्ग्रा सुर्खेत ल्याएका व्यवसनयी कैशाल बुढाले बताए । ‘दशैका लागि ३७ वटा भेडा च्याङ्ग्रा ल्याएको छु’ उनले भने, ‘अहिलेसम्म ९ वटा मात्रै बिक्री भएका छन् ।’ अघिल्लो वर्षको तुलनामा भेडा च्याङ्ग्राको व्यापार राम्रो नभएको उनको भनाई छ । ‘ भेडा च्याङ्ग्रा ल्याएको दुई दिन भइसक्यो’ उनले भने, ‘आजसम्म जम्मा ९ वटा मात्रै बिक्री भएका छन् ।’ अब केही दिन पर्खने र व्यापार राम्रो नभए नेपालगञ्ज र बुटवलतिर लैजानुपर्ने उनले बताए ।
उसो त दशै भित्रिएको दुई दिनमौ रौनक बढेको छ । सोमबारमात्र घरघरमा भित्र्एको वडा दशैको दुई दिनमै वीरेन्द्रनगरमा बजारमा किनमेल गर्नेहरुको भीड बढ्न थालेको छ ।

प्रकाशित मिति : २०८२ असोज ७ गते मंगलबार