
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वीरन्द्रनगरका सबै वडाबाटै सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । मंगलबार एकीकृत सेवा प्रवाह भइरहेको स्थल जिल्ला समन्वय समितिको स्थलगत अध्ययन गर्दै मुख्यमन्त्री कँडेलले यस्तो निर्देशन दिएका हुन् ।
जेन–जी आन्दोलनका क्रममा ध्वस्त बनेका वीरन्द्रनगरका १ देखि १२ सम्मका वडा कार्यालयहरुले भौतिक सम्पत्ति क्षति भएको र असुरक्षाको कारण देखाउँदै आइतबारदेखि जिससको हलबाट एकीकृत रुपमा सेवा प्रवाह सुरु गरेका छन् ।
सोही क्रममा मुख्यमन्त्री कँडेलले वडा कार्यालयबाटै सेवा प्रवाह थाल्न निर्देशन दिएका हुन् । एकीकृत भवनबाट सेवा प्रवाह गर्दा नागरिकले थप सास्ती भोग्नु परेको भन्दै मुख्यमन्त्री कँडेलले सबै वडाहरुलाई आफनो वडाबाट सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् ।
वडाहरुले जिससको हलबाट सेवा प्रवाह सुरु गरेपछि त्यसको चौतर्फी आलोचना भएको छ । सोही क्रममा एकीकृत सेवा केन्द्रमा पुगेमा मुख्यमन्त्रीले पनि वडाबाट नै सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्रीले वडा नं. १ देखि १२ सम्मका वडाअध्यक्षहरूसँग छलफल समेत गरेका छन्
प्रतिक्रिया दिनुहोस्