
सुर्खेत । सुर्खेतमा सोमबार भएको मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका २ प्रेमनगरका अन्दाजी १८ वर्षिय ऋतिक शाही छन् । दुर्घटनापछि उपचारका लागि प्रदेश अस्पताल कालागाउँमा पु¥याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
त्यस्तो सोही दुर्घटनमा अछाम पञ्चादहल विनायक नगरपालिका–४ का १९ वर्षीय दमन शाही गम्भीर घाइते भएका छन् । उनको खुट्टा र छातिमा चोट लागेको छ ।
सोमबार सुर्खेत भेरिगंगा नगरपालिका–१२ पाडुलेमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना.५ ख ५६०८ नम्बरको ट्रकले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको लु.प्र.०३–००१ प.३६३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी नायब निरीक्षक पदम खत्रीले जानकारी दिए । प्रहरीले ट्रक, चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्