
सुर्खेत । दशै र तिहार जस्ता ठूला चाडपर्वहरु नजिकिएसँगै प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरिएको छ । जसमध्ये पहिलो चरणमा ट्राफिक प्रहरीले यात्रु सहायता कक्षा राख्न सुरु गरेको छ । पहिलो चरणमा सुर्खेतको सिटी बसपार्क, छिन्चु बजार, बबई चेकपोष्ट, बोटेचौर बजार, राकम चेकपोष्ट, लेकबेशी चेकपोष्ट र बड्डीचौर बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए। यात्रु सहायता कक्षमा यात्रुहरूलाई कुनै समस्या, जस्तै सवारी साधनले अत्यधिक भाडा असुलेमा वा अन्य कुनै असुविधा भएमा, नजिकको सहायता कक्षमा सम्पर्क गर्न सकिने छ। घर फर्किने यात्रुहरूको सहज र सुरक्षित आवागमनका लागि प्रहरीले जनाएको छ । यात्रामा असुक्षा भएको खण्डमा यात्रुहरूले नजिकैको सहायता कक्ष वा ट्राफिक प्रहरीलाई सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ । सम्पर्कका लागि ट्राफिक टोल–फ्री नम्बर १०३ वा ९८४८०७०७३८ मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्