
अाइतबारदेखि बन्द प्रशिक्षणमा बसेका खेलाडीहरू
सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित कर्णाली प्रदेशले खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न सुरु गरेको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले पहिलो चरणमा ह्याण्डबल र ब्याडमिन्टनका खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको हो।

बन्द प्रशिक्षणको औपचारिक शुभारम्भ गर्दै सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले पदक हासिल गर्ने लक्ष्यसहित योजनाबद्ध अभ्यासमा जुट्न खेलाडीलाई आग्रह गरे। उनले खेलाडीको तयारी र प्रशिक्षणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत जनाए।

अाइतबारदेखि बन्द प्रशिक्षणमा बसेका ब्याडमिन्टनका खेलाडीहरू
परिषद्का सदस्य सचिव रविन्द्र चन्दका अनुसार पहिलो चरणमा ह्याण्डबलका ३४ र ब्याडमिन्टनका १२ गरी ४६ खेलाडी बन्द प्रशिक्षणमा छन्। खेलाडीले दैनिक दुईपटक अभ्यास गर्ने भएकाले यसपटक तिहारमा समेत बिदा दिइएको छैन।
परिषद्का अनुसार खेलाडीलाई मंसिर १४ गतेसम्म बन्द प्रशिक्षणमा राखिनेछ। मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघसहितका टोलीले प्रतिस्पर्धा गर्नेछन्।

बन्द प्रशिक्षण कार्यक्रमकाे शुभारम्भ कार्यक्रम
३२ खेल विधा समावेश प्रतियोगिताको उद्घाटन मंसिर १६ गते हुनेछ। प्रतियोगितालाई लक्षित गर्दै कर्णालीले खेलाडीको तयारी तीव्र पारेको छ।
प्रतिक्रिया दिनुहोस्