सुर्खेत । कर्णाली प्रदेश सरकारले लोककल्याणकारी विज्ञापन वितरण र घर बीमासम्बन्धी कार्यविधि स्वीकृत गरेको छ। शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पाँचवटा निर्णय गर्दै दुवै कार्यविधि स्वीकृत गरेको हो।
बैठकले कर्णाली प्रदेश लोककल्याणकारी विज्ञापन वितरणसम्बन्धी कार्यविधि, २०८३ र कर्णाली प्रदेश घर बीमासम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।

त्यस्तै, कर्णाली प्रदेश स्याउ विकास बोर्ड स्थापना तथा सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णय बैठकले गरेको छ।
मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका आयोजनाहरूको अस्थायी संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णयसमेत गरेको छ।
यसैगरी, मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम सञ्चालन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ।
प्रतिक्रिया दिनुहोस्