२०८३ वैशाख ५ , शनिबार
२७ दिनपछि इनिसाको अन्त्यष्टि

डाक्टर बन्ने सपनाको अवसान, जीवितै छ न्याय पाउन आश



सुर्खेत । मृत्यु सत्य हो ज्यो सबैका लागि अस्ह्यै हुन्छन् । तर कतिपयका लागि मृत्युसँगै सपनाको पनि अन्त्य हुन्छन् । २७ दिनअघि ठिक त्यस्तै नियती भोग्न विवश भए सुर्खेतका इन्द्र बहादुर विक । छोरी इनिसालाई डाक्टर बढाउने सपना बुनेर दुबई गएका उनी नेपाल त फर्किए तर न छोरीलाई जीवित भेट्न पाए न त सपना बाँकी रह्यो ।


बिहीबार त्यही छोरीको पार्थव शरीरलाई विदाई गर्दा उनी भावविह्वल मात्र होइन बेस्वीर थिए । कारण इन्द्रलाई एकमात्र छोरी गुमाएको पीडा मात्र थिएन्, सन्तान बियोगान्तको यो दोस्रो बज्रपात थियो । उनले दश वर्षअघि ५ वर्षिय छोरा गुमाएका थिए ।
सन्तान बियोगान्तको पीडाले थलिदा पनि विदेश जानुपर्ने बाध्यता ज्यूका त्यू छ । छोरीको मृत्युपछि एक महिनाको बिदा लिएर नेपाल फर्किएका उनी काजकर्म सकेर पुनःविदेशजानुपर्ने बाध्यता छन् । सोही कारण विहीबार इन्द्रले छोरीको दाहसंस्कार गरेका हुन् ।
इनिसाको न्यायका लागि शवगृहदेखि घाटसम्म पुगेका सायौँ आफन्त र अधिकारकर्मीले घेरीएकी आमा तीलाको अनुहारमा एक्लोपन थियो । २७ दिनसम्म न पेटमा अन्न परेको थियो न त मनमा शान्ति ।


सन्तानको वियोगान्तको पीडा, भोक र प्यासले थलिएकी तीलालाई उभिन पनि अरुको सहार चाहिन्थ्यो । आफन्तजनले दोषीलाई कानुनी कठघरामा उभ्याएर सम्झनामा सधैभ जीवीत राख्ने बचन पनि सुनाए । तर तिलाको मनलाई थाम्न सकिनन् । रत घण्टौँसम्म भेरी नदीसँगै बगे आशुका नुनीला बलेद्रीहरु ।
इन्द्र र तीलाका साथमा अब एक छोरा छन्् । भर्खर ९ वर्षमा पाइला टेकेका ती अबोध बालक उनीहरुका लागि सपना, साहार र बाँच्ने आधार हुन् । गएको फागुन २३ गते घरबाट टिउसन पढ्न निस्केकी इनिसा वीरेन्द्रनगर ४ को जनजागरण सामुदायिक बनमा अचेत अवस्थामा भेटिएकी थिइन् । घटनाको जानकारी पाएलगत्तै प्रहरी र परिवारले अस्पताल पु¥याएका थिए । तर अस्पताल पु¥याएको केही समयमै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।


घटनापछि इनिसाको न्यायको लागि देशभर आन्दोलन भएको थियो । आन्दोलनको अग्रमोर्चामा खटिएका अधिकारकर्मीहरु भने अबदेखि पीडितले न्याय पाउन कहिलै आन्दोलन गर्नु नपरोस् भन्ने कामना गर्छन् । इनिसाको मृत्युको कारण पत्ता लगाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) सहित प्रहरीका बिभिन्न ४ वटा टोलिले अनुसन्धान गरेको थियो ।

प्रहरी अनुसन्धान र प्रदेश अस्पतालको पोष्टर्माट रिपोर्टले बलपूर्वक भएको शारीरिक सम्बन्धका कारण अन्त्याधिक रक्तश्राप हुँदा इनिसाको मृत्यु भएको देखिएको छ । तर परिवारजनले भने सामूहिक बलात्कारपछि हत्या गरेको दाबीगर्दै आएका छन् । उता गएको मंगलबार मात्र सुर्खेत जिल्ला अदालतले आरोपीचारै जना नाबालकहरुलाई पूर्पक्षका लागि बाल सुधार गृह पठाइ सकेको छ ।

प्रकाशित मिति : २०८२ चैत १९ गते बिहीबार