२०८३ साउन १३ , बुधबार

हिम शिखरमा अन्तरक्रिया



सुर्खेत । सुर्खेतको हिम शिखर बहुमुखी क्याम्पसमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । साेमबार हिम शिखरले विद्यार्थी भर्ना अभियान सम्बन्धी सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरिएको हो । भेरीगंगा नगरपालिका वडा नं ११ रामघाटमा रहेको हिमशिखरको हलमा भएको कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिसहित जनप्रतिनिधिहरु, राजनीतिक दलका अगुवा तथा समाजसेवी लगायत सहभागी थिए ।
सहभागीहरुले शैक्षिक गुणस्तर वृद्धि, विद्यार्थी भर्ना, स्नातकोत्तर कक्षा सञ्चालनका लागि सबै निकायको साझा धारणा बनाउनुपर्ने बताए ।
उनीहरुले समय सापेक्ष क्याम्पसको विकास र क्याम्पस प्रशासनको दायित्व बिषयमा सरसल्लाह र भेरीगंगा तथा लेकबेशी नगरको महत्वपूर्ण शैक्षिक क्षेत्र भएकाले स्थानीय सरकारको दायित्वबाट पन्छिन नहुने धारणा राखेका थिए ।

प्रकाशित मिति : २०८२ कात्तिक १० गते सोमबार