सुर्खेत । कर्णाली प्रदेश सरकारले एक सय जना इन्जिनियरहरु उत्पादन गर्ने भएको छ । आर्थिक वर्ष २०८२/०८३ मा सरकारले एक सय जना इन्जिनियर उत्पादन गर्न लागेको हो । जसका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्/परीक्षा नियन्त्रण कार्यालय र कर्णालीका विभिन्न विद्यालयमा विद्यार्थीहरुलाई पढाउने भएको छ ।
दैलेखको पञ्चकोशी बहुप्राविधि शिक्षालय र महेन्द्र मावि तथा सुर्खेतको योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानमा अध्ययनको व्यवस्था गरिएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए । यी विद्यालयमध्ये पञ्चकोशी र महेन्द्रमा ३०/३० जना र योगी नरहरिनाथमा ४० जना विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गरिएको मन्त्री भण्डारीको भनाइ छ ।
मन्त्रालयले २४ महिने औद्योगिक प्रशिक्षार्थी तालिम (Apprenticeship) कार्यक्रम अन्तर्गत यस आर्थिक वर्ष २०८२/०८३ को लागि सिभिल इन्जिनियरिङ्ग (निर्माण) विषयमा १०० जनाका लागि मिति २०८२/६/२४ गते प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्प/रीक्षा नियन्त्रण कार्यालयद्वारा प्रकाशित सूचना अनुसार औद्योगिक प्रशिक्षार्थी तालिम (Apprenticeship) कार्यक्रममा निःशुल्क प्रशिक्षणका लागि तपसिलका विद्यालय/शिक्षालयहरुमा आवेदन फारम बुझाउन तहाँको नगरपालिका/गाउँपालिका वडाबाट इच्छुक युवाहरुसम्म कार्यक्रममा सहभागिताको सुनिश्चितताको लागि सूचना सम्प्रेषण गरी सहयोग गारिदिन आग्रह गरेको छ ।
यस्ताे छ सूचना ।

प्रतिक्रिया दिनुहोस्