२०८३ वैशाख ३ , बिहीबार

सौखिनहरुको शरिरमा ट्याटु टल्काउने मानसिंह



‘पहिले अल्लारे युवाहरुले मात्रै ट्याटु कोर्छन् भनेर नराम्रो सोचिन्थ्यो’ मानसिंह भन्छन्, ‘तर हिजोआज ट्याटु कोर्नु एउटा सौखिन जस्तो भइसक्यो ।’ मानिसले मृत्युहुँदा लिन पाउने भनेकै ट्याटु हो ।

आजभन्दा २२ वर्षअघि अर्थात सन २००३ तिर मानसिंह गुरुङ्ग वैदेशिक रोजगारीका लागि साउदी अबर पुगेका थिए । जहा उनले उच्चस्तरिय वल्डिङ अर्थात टिकवल्डिङ काम गर्थे । राउदी अबरमा वीरेन्द्रनगरको जस्तो मौसम अनुकुल थिएन । दिनभरको डिउटीका कारण शरीरले आराम खोज्थ्यो । तर उनले दिनभरको भोक, प्यास र थकानलाई भुलेर ट्याटु कोर्न थाले । सानैदेखि चित्रकला र हस्तकलामा अब्बल उनलाई मानिसको शरीरमा चित्रहरु कोर्ने रहर र सपना थियो । त्यो समय साउदी अरबमा ट्याटु कोर्न प्रतिबन्ध थियो । त्यहाँको सरकारले ट्याटु कोर्ने पेशालाई कानुनी मान्यता दिएको थिएन । यद्यपी उनी साथीको सम्पर्कबाट घर–घरमा पुगेर ट्याटु कोर्थे ।

उनलाई ट्याटु कोर्ने कला भने फिलिपिन्सको पिटर भन्ने साथीले सिकाएको हुन् । फिलिपिन्समा ट्याटु कोर्नुलाई सौखिनको रुपमा लिन्थे । त्यहाँका प्रायः युवा पीढिले शरीरका विभिन्न भागमा ट्याटु हान्थे । सादय, त्यही भएर हो पिटरले आफ्नै देशमा ट्याटु कोर्ने कला सिकेका थिए । तर पिटर पनि वैदेशिक रोजगारीका लागि साउदीमा पुगेका थिए । मानसिह र पिटर एउटै कम्पनीमा काम गर्थे । डिउटी सकेपछि पिटर सधै ट्याटु कोर्न घर-घरमा पुग्थे । तर सम्पर्कमा आएका सबैको ट्याटु कोर्न भ्याउथेन्न् । त्यही भएर पिटरले एउटा साथी खोजिरहेका थिए । पिटरको नजरमा मानसिंह परे । ‘तिमी राम्रो चित्र बनाउँदा रहेछौँ मानसिको शरीरमा पनि चित्र कोर्न सक्छौँ ? एक दिन पिटरले मानसिंहलाई सोधे । हस्तकलामा अब्बल भएपनि मानसिंहले शरीरमार कहिलै चित्र कोरेका थिएनन् । साथी चाहिएकै कारण पिटरले उनलाई ट्याटु कोर्न सिकाउने योजना बनाए । केही दिन पिटरले मानसिंहलाई साथमै लिएर ट्याटु कोर्न सिकाए । ‘तिमी डर मान्दै नमान केही बिग्रीए सुधार्ने म छदैछु’ पिटरले हौसल्लाह दिएर भन्थे । मानसिंह स्कलु पढ्दादेखि नै देवीदेवताका चित्र जस्ताको तस्तै कोर्थे । कहिलेकाँही माटोका मूर्तिहरु पनि बनाउथे । बाल्यकालदेखि नै चित्र कोर्न सिपालु मानसिंहले हप्ता दिनमै ट्याटु कोर्न सिकिहाले । त्यसपछि पिटरले नभ्याएका ठाउँमा मानसिंहलाई पठाउन थाले । साउदीमा दिनभरीको डिउटी । फुर्सदको समयमा ट्याटु कोर्दै ७/८ वर्ष बिताए ।

झण्डै २२ वर्षदेखि ट्याटु कोरिरहेका मानसिंह कर्णाली प्रदेशकै अब्बल आर्टस हुन् । अहिलेसम्म हजारौँको शरिरमा ट्याटु कोरिसकेका उनी अरुलाई पनि ट्याटु कोर्ने तालिम दिन्छन् ।

७/८ वर्षको लामो अनुभवपछि मानसिंहले स्वदेशमै फर्किए ट्याटु कोर्ने व्यवसाय गर्ने योजना बनाए । साउदीबाट फर्केपछि काठमाडौँमा थप प्राविधिक ज्ञान सिके । सन् २०१२ देखि नै सुर्खेतमै ट्याटु कोर्ने व्यवसाय सुरु गरे । सुरुवाती दिनमा साथीभाइको सम्पर्कमा पुगेर ट्याटु कोथ्र्ये । कहिले नेपालगञ्ज त कहिले दैलेखसम्म पुग्थे । आम्दानी र घुरफिर राम्रो हुन्थ्यो । ‘मैले ट्याटु कोर्ने व्यवसाय सुरु गर्दा त मध्यपश्चिममा एउटा पनि ट्याटु कोर्ने व्यवसाय थिएन’ उनी भन्छन्, ‘सुर्खेतमा बसेपछि नेपालगञ्जदेखि दैलेखसम्म भ्याउनुपथ्र्याे ।’ ट्याटु कोर्न बोलाउने साथीहरुले पारिश्र पनि राम्रै दिन्थे । घुमफिर पनि हुन्थ्यो । कतिपयले ग्राहकले ट्याटु कोर्न घरमै पुग्थे । कतिलाई आफ्नै घरमा बोलाएर ट्याटु कोरिदिन्थे । केही वर्ष यसैगरी बित्यो । तर घुमफिर गरेर कति दिन चलाउनु ? एक दिन सोचे । अब पसल खोलेर बस्नुपर्छ । त्यसपछि २०६८ सालमा आएर वीरेन्द्रनगर-६ बुटपथमा जयबुद्ध ट्याटु हाउसको सुरुवात गरे । झण्डै २२ वर्षदेखि ट्याटु कोरिरहेका मानसिंह कर्णाली प्रदेशकै अब्बल आर्टस हुन् । अहिलेसम्म हजारौँको शरिरमा ट्याटु कोरिसकेका उनी अरुलाई पनि ट्याटु कोर्ने तालिम दिन्छन् । चित्रकलामा रुचि राख्ने र कामप्रति लगाब भएका धेरैले मानसिंहसँग ट्याटु कोर्न सिकेका छन् । जयबुद्ध आर्टसबाट ट्याटु कोर्न सिकेका अधिकाँशले आफ्नै व्यवसाय सुरु गरेका छन् । ‘मेहनत गर्न सक्ने र चित्रकलामा रुचि भएका सबैले सजिलै ट्याटु कोर्न सक्छन्’ मानसिंह भन्छन्, ‘मैले पेशा मात्रै गरेको छैन, अरुलाई पनि सीप सिकाएको छु ।’ उनले बुद्धपथको आफ्नै पसलमा ट्याटु कोर्ने तालिम पनि दिन्छन् ।


ट्याटु व्यवसायमा परिचित मानसिंहसँग ग्राहकको भने कमी छैन । एक हिसावले उनलाई  फुर्सद पनि हुँदैन । ‘धेरै ग्राहकहरु ट्याटु कोर्नका लागि समय मिलाएर आउनुहुन्छ, ग्राहक र हाम्रो समय मिलाएर ट्याटु कोर्न पाइन्छ’ मानसिंह भन्छन्, ‘सानो चित्र कोर्न समय कुर्नु पर्दैन तर ३/४ घण्टा लाग्ने र ठूलो ट्याटु छ भने समय कुर्नुपर्छ ।’ट्याटु व्यवसायबाट निकै राम्रो आम्दानी छ । ‘दिनमै १०/१५ हजार आम्दानी गर्न सकिन्छ’ मानसिंह भन्छन्, ‘हस्तकलामा राम्रो ज्ञान छ र मेहनत गर्न सक्ने हो ट्याटु व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ ।’ मानसिंहले ट्याटु कोरेको प्रतिघण्टा ३ देखि ४ हजार रुपैयाँसम्म पारिश्रमिक लिन्छन् । सानो ट्याटु भने १५/२० मिनेटरमै कोर्न सकिन्छ । सानो ट्याटुको मूल्य पनि थोरै पर्न जान्छ । गर्मी र चिसो मौसम अनुसार ट्याटुको सही जतन पनि आवश्यक मानिन्छ । उनले ४/५ हजारदेखि एक लाखभन्दा बढी पारिश्रम लिएर ट्याटु कोरेका छन् ।
तर रहर लाग्यो भन्दैमा जुनसुकै उमेर समूहका मानिसले ट्याटु कोर्न नहुने उनी बताउँछन् । उनी आफ्नो आम्दानी भन्दा मानिसको भविष्यलाई ठूलो ठान्छन् । त्यही कारण ट्याटु कोर्न आउने हरेक युवायुवतिलाई भविष्यमा आर्मी प्रहरी भन्ने त होइन भनेर सोधिखोजी गर्छन् । जागिर खाँदा मेडिकल रिपोर्ट अनिवार्य हुनेहरुलाई ट्याटु नकोर्न सुझाव दिन्छन् । ‘ट्याटु कोर्न आएका १८ वर्ष मुनिका भाइबहिनीलाई त म ट्याटु नहान भनेर फिर्ता गरिदिन्छु’ मानसिंह भन्छन्, ‘आर्मी, पुलिसमा भर्ती हुन चाहेको खण्डमा ट्याटु हानेकालाई भर्ना लिँददैन, एउटा सानो गल्तीले भविष्यमा असर पर्न सक्छ भनेर सम्झाउँछु ।’ मेडिकल भाषामा आर्मी, प्रहरीको लागि ट्याटु कोरेका मानिसलाई अयोग्य ठानिन्छ । सोही कारण ट्याटु कोरेका व्यक्तिलाई आर्मी, पुलिसमा भर्ति लिदैन । यही कारण ट्याटु कोर्छु भनेर आएका कतिपय युवायुवतिलाई त उनी फिर्ता पठाइ दिन्छन् । सानो गल्तीले कसैको भविष्य बवार्द हुनुहुँदैन भन्ने सम्झन छन् ।

रोजगारीका सिलसिलमा साउदी अरब पुगेको उद्योगमा डिउटी गर्दै मानसिंह

पछिल्लो समय शरिरमा ट्याटु कोर्नुलाई सौखिनको रुपमा लिने गरिएको छ । यही कारणले होला पहिले पुरुषले मात्रै ट्याटु कोर्ने गर्थे । तर पछिल्लो समय ट्याटु कोर्नेहरुमा पुरुषभन्दा महिलाहरु धेरै छन् । ‘पहिले–पहिले त अल्लारे युवाहरुले मात्रै ट्याटु कोर्छन् भनेर नराम्रो मान्यता सोचिन्थ्यो’ मानसिंह भन्छन्, ‘तर हिजोआज ट्याटु कोर्नु एउटा सौखिन जस्तो भइसक्यो ।’ मानिसले मृत्युहुँदा पनि साथमै लिन पाउने भनेरको ट्याटु नै हो । यही सोचाइका कारण शरिरमा आफ्नो प्रिय मान्छे र आमाबुवाको ट्याटु कोर्नेहरु बढ्दै गएका छन् । ट्याटु कोर्नुलाई गलत नजरले हेर्ने चलन त हटिसकेको छैन । तर ट्याटु कोर्नु गलत नभई यो एउटा मानसिको रुचि रुपमा लिनुपर्ने उनको धारणा छ । यसलाई मानिसका रहर र इच्छासँग हेर्नुपर्ने उनी बताउँछन् । लामो समयदेखि ट्याटु व्यवसायमा जमेका मानसिंह यही व्यवसायबाट पूर्ण सन्तुष्ट छन् । ट्याटु व्यवसायबाट नै परिवारका रहर र आवश्यकताहरु सजिलै पूरा गर्दै आएका छन् । सन् २००५ पवित्रा लामासँग मानसिंहले जीवनसाथीको साइनो गाँसेका मानसिंहको सानो र खुशी परिवार छ । उनीहरुका एक छोरा र एक छोरी छन् । गोरखाबाट विपत्रा बुवासँगै वीरेन्द्रनगर आएकी थिइन् । संयोगले एक दिन मानसिंह र पवित्राको नगर जुध्यो । नजिकिदै गएपछि माइतिपक्षको सरसल्लाहमै आधा माघी–आधा भागी जस्तो गरेर विवाह बन्धनमा बाँधिए । बुवा चन्द्रबहादुर र आमा प्रेमकलीबाट २०३९ साल असोज १६ गते वीरेन्द्रनगर–४ भैरवस्थानमा जन्मिएका मानसिंहको बाल्यकाल सुखसय थियोे । बाजे ब्रिटिस लाहुरे र बुवा बुवा भारती सेना । घरको आर्थिक रुपले मजबुत थियो । मेलापात त मानसिंहले गर्नै परेन । एक हिसावले भन्दा बाल्यकालमा मानसिंहलाई कुनै अभाव थिएन ।
मानसिंहले चिसापानीको तत्कालीन नेरानिमावीबाट खकरा सिके छ । कक्षा ८ सम्मको अध्ययन चिसापानीबाटै पूरा गरे । कक्षा ९ र १० भने जनमाविबाट पूरा गरे । माध्यमिक तहपछि भने पढाईलाई निरन्तरता दिन पाएनन् । उच्च शिक्षा अध्ययन गर्ने समयमा उनलाई घरको आर्थिक दायित्व बहन गर्नुपर्ने अवस्था थियो । कारण, मानसिंह ९÷१० वर्षका हुँदा बुवाको मृत्यु भयो । बाजे पनि बुवाभन्दा अघि नै स्वर्ग गइसकेका थिए । सोही कारण घरको सम्पूर्ण दायित्व उनको काँघमा थियो । जसले गर्दा उच्च शिक्षा अध्ययन गर्ने सपनालाई बिचमै त्यागेर उनी विदेश हानिएका थिए । भाग्यबस्, त्यही विदेश भूमिमा साथीको संगतले सिकेको ट्याटु कोर्ने कला नै मानसिंहको पेशा बन्यो ।

प्रकाशित मिति : २०८२ असोज ४ गते शनिबार