
मनमा शान्ति । शरिरमा उर्जा । युवा जोस् । खाइलाग्दो जोवन । चन्द्रमा जस्तै चम्कीलो अनुहार । २४ वर्षे उमेरमा नरेन्द्रराज राना ढकमक्क फुलेको फुल जस्तै थिए । बाआमाको खुशी, भाइबहिनीको भरोसा र साथीसंगीको प्रिय मान्छे । छरछिमेक र इष्टमित्रको लागि आशा दीयो । गाउँघर र साथीभाइको सुखदुखको साथी । मेलापात र अर्मपर्ममा आफै अघि सर्थे । खुशीका पालुवाहरु पाहिरहेका थिए । कुनै अभाव र अप्ठेरा थिएन । जीन्दगीको गाडी रप्तारमै थियो । अप्सोच, २०५२ साल मंसिर २१ गते नरेन्द्रको खुशी लुट्न आइपुग्यो पापीदैब ।
खेतमा कुला आउँछ भनेर सबै गाउँलेहरु खुशी थिए । नरेन्द्र पनि त्यही खुशीमा खुशी थप्ने काममा व्यस्त थिए । चिङ्गाड गाउँपालिका–५ को गर्चा खोलाबाट ढाँटखेतसम्म पानी ल्याउन सार्वजनिक कुलो बनाउने काम चलिरहेको थियो । जहाँ सबैले श्रमदान गर्नुपथ्र्याे । यो श्रमदानमा नरेन्द्र पनि सहभागी भए । तर पथरको एउटा टुक्रा खुशीहरु लुट्न आइपुग्योे । भएको के थियो भने कुलो निर्माणका लागि आगो बालेर पथर फुटाएर प्वाल पार्ने गरिन्थ्यो । आगोको रापले पथर सजिलै फुट्थ्यो । कुनै पथर आफै टुक्राटुक्रा हुन्थे । त्यही पथर फोड्नका लागि आगो बालिएको थियो । आगो बालिएकै स्थान नजिक नरेन्द्र काममा व्यस्त थिए । दुर्भाग्य, आगोको रापले तातिएपछि फुटेकाे पथरको एउटा टुक्रिएर नरेन्द्रको कम्मरमा लाग्यो । त्यही पथरका कारण कम्मर मुनीको भागमा गम्भीर चोट लाग्यो । क्षणभरमै उनी सिथिलताको अवस्थामा पुगे । उपचारका लागि परिवारले तत्कालीन जिल्ला अस्पताल (हालको नगर अस्पताल)मा पुर्याए । त्यहाँ उपचार सम्भव भएन । जिल्ला अस्पतालले बाँकेको भेरी अस्पताल (तत्कालीन अञ्चल अस्पताल)मा रिफर गर्यो । तर त्यहाँ पनि नरेन्द्रको उपचार सम्भव भएन । त्यसपछि उनी मिछेकी मुलुक भारतको लखनउमा पुगे । लखनउको भुलभुलैयाँ मेडिकल कलेजमा झण्डै महिना दिन उपचार गरे । दुर्भाग्य, लखनउमा पनि चित्त बुझ्दो उपचार नभएपछि रिक्तो मन र घाइते शरिर लिएर घर फर्किए ।
सायौँ जुनी जस्ता लाग्ने ती काला रातहरु । उज्यालो छर्न नसक्ने सूर्यका किरणहरु । नरेन्द्रले करिव ३ वर्ष पिडैपीडामा बिताए । बाग्यवस, एक दिन दोस्रो जीवन दिन आइपुगे कटुसेनी गाहा । विश्वविद्यालय नदेखे पनि आयुर्वेद चिकित्सक भन्दा कम थिएनन् । उनै गाहाले पहाडबाट जीवनबुटी ल्याए । ओखती मुलो गरे । १४ दिनपछि थला परेको शरिर ब्यूझियो ।
जिल्ला अस्पतालदेखि लखनउसम्म पुग्दा सबै सम्पत्ति सकियो । बुबाले खेत बिक्री गरे । नरेन्द्रले एसएसलसीसम्म अध्ययन गरेको स्कूल भैरव माविका शिक्षकहरुले सक्दो सहयोग गरे । आफन्त, साथीभाई र इष्टमित्रले सरसापट दिए । अस्पताल धाउँदा धाउँदै झण्डै १९ लाख रुपैयाँ स्वाहा भयो । तर घाइते शरिर वीसको उन्साई भएन् । उठ्नै नसक्नेगरी थला परे । जीवन मरणतरणको दोसाँधमा थियो । यो स्वार्थी दुनियामा, सुखदुख साटौला र सँगै जीवन काटौला भनेकी जीवनसाथीले पनि त्यही बेला नरेन्द्रको साथ छोडिन् । एकातिर औछ्यानै धलिएको शरीर अर्काेतिर जीवनसाथीले दिएको धोका । त्यसमाथि मुटुको एक टुक्रा छोरीले आमा खोइ ? भनेर सताउँथिन् । जम्मा ३ वर्षकी ती अवोध बालकलाई आमाले मलाई छोडेर गइन् भन्ने कुरा के थाहा ? तर यी सबै ब्रजपातले नरेन्द्रले एकै पटक सहनु परेको थियो ।
तरपनि बाँच्न साह दिने आमाबुवा र भाइ बहीनीको सहाराले आफ्नै जीवनसँग कठिन संघर्ष गरिरहेका थिए । सायौँ जुनी जस्ता लाग्ने ती काला रातहरु । उज्यालो छर्न नसक्ने सूर्यका किरणहरु । नरेन्द्रले करिव ३ वर्ष पिडैपीडामा बिताए ।
भाग्यवश , एक दिन दोस्रो जीवन दिन आइपुगे कटुसेनी गाहा । विश्वविद्यालय नदेखे पनि आयुर्वेद चिकित्सक भन्दा कम थिएनन् । उनै गाहाले पहाडबाट जीवनबुटी ल्याए । ओखती मुलो गरे । १४ दिनपछि थला परेको शरिर ब्युँझियो । उनी ओछ्यानबाट उठ्न सक्ने भए । वर्षदिन यसरी नै वित्यो । केही समयपछि पुरानो घाउ बल्झीयो । कम्मरको सबै भागमा संक्रमण फैलिन थालेपछि औषधि उपचार गरे । त्यही क्रममा उपचार गर्ने एक स्वास्थ्यकर्मीले सुईको टुप्पाे शरिरमै छोडि दिएछन् । महिना दिनमै ठूलो घाउ बन्यो । पीडामाथि थप पीडा थपियो । सहनुको विकल्प थिएन । आफ्नै शरीर भारी भएको करिव ४ वर्षपछि अर्थात २०५६ सालमा आइएनएफ संस्थाले औलचिङ स्वास्थ्य चौकीमा ४ दिने स्वास्थ्य शिविर राख्यो । ‘कतै उपचार पो भैहाल्छ कि ? झिनोे आश बोकेर नरेन्द्र सकिनसकी स्वास्थ्य शिविरमा पुगे । नरेन्द्रले शरीरमा पलाएको घाउ देखाउन चाहन्थे । तर दयालु मनका धनी उनले आफ्नो पालोमा पनि अरुलाई उपचार गराउन साथ दिए । ‘ अरुलाई उपचार गर्न सघाउने यो को मान्छे हो ? चार दिनसम्म किन चेकजाँच गरेको छैन ? शिविरमा पुगेका स्वास्थ्यकर्मीको मनमा यस्तै कुरा खेलेको थियो ।
शरीरमा छुटेको सुइको टुप्पो निकाल्न १८ पटक अप्रेशन गर्नु पर्यो । कारण, सुइको टुप्पो हड्डीमा जेलिएर बसेको थियो । यही कारण १७ पटकसम्म अप्रेशन सफल भएन् । १८ औँ अप्रेशनबाट मात्र सिरिन्जको टुप्पो शरीरबाट झिकियो ।
शिविरको अन्तिम दिन एक जना स्वास्थ्यकर्मीले भने ‘अब चेकजाँच गर्ने तपाइको पालो हो । आउनोस् त के समस्या छ ? नरेन्द्रले झर्काे नमानी समस्या बताए । शरीरको घाउ देखाए । सायद, ती स्वास्थ्यकर्मी पनि सहयोगी भाव र कोमल मनका थिए । तिनै डाक्टरले नरेन्द्रलाई उपचारका लागि पोखराको हरियो खर्क अस्पतालमा पुर्याए । पोखरा पुगेपछि एक जना डाक्टरले उपचार गर्न विदेश जाऔँ भनेका थिए । तर उठेर हिडडुल गर्न सक्ने ग्यारेन्टी नभएपछि नरेन्द्र विदेश जान तयार भएनन् । त्यसपछि पोखरामै उपचार सुरु भयो । जहाँ शरीरमा छुटेको सुइको टुप्पो निकाल्न १८ पटक अप्रेशन गर्नु पर्यो । कारण, सुइको टुप्पो हड्डीमा जेलिएर बसेको थियो । यही कारण १७ पटकसम्म अप्रेशन सफल भएन् । १८ औँ अप्रेशनबाट मात्र सिरिन्जको टुप्पो शरिरबाट झिकियो । त्यही अस्पतालबाट जीवनमा आशाका किरणहरु पलाए ।
केही गर्नुपर्छ भन्ने सोचले २०५९ सालमा गाउँमा घडी रेडियो पसल सुरुवात गरे । तर समय अनुकुल थिएन । माओवादी सशस्त्र द्वन्दको घाउले देश छियाछिया थियो । मर्ने बाँच्नेको कुनै ठेगान थिएन । त्यसै पनि उनी उठेर हिडडुल गर्न सक्दैनथे । माओवादीको प्रभावित क्षेत्र । सेना, प्रहरीले केरकार गर्ने डर । असुरक्षित महशुस गरेपछि बुवालाई वीरेन्द्रनगरमा बस्ने बन्दोबस्त गरिदिन आग्रह गरे । वीरेन्द्रनगर झरेपछि भने साँगीतिक क्षेत्रमा होमिने निधो गरे । कला र गला थियो । कसो नसकौला भनेर ठूलो साहस बटुले काठमाडौँ पुगे । झरणा रेकर्डिङ स्डुडियोबाट ‘करेली लौकाले’ नामको लोक गीत बजारमा ल्याए ।
जहाँ नरेन्द्र जस्तै पीडा भोगिरहेका सयौं विरामीहरु थिए । ‘अपाङ्गता भएको व्यक्ति त म मात्र रहेनछु उनले सोचे । किनकि हरियो खर्कमा औछ्यानबाट उठ्न नसक्ने सयौं विरामी पनि थिए । नरेन्द्र त अर्काको सहारामा हिड्न सक्थे । ह्विलचेयरले सहजता थपेको थियो । तर उनी त्यसै फर्किएन चाहेन् । आफू जस्तै अन्य व्यक्तिले पनि जीवन निर्वाहका लागि सीपहरु सकिरहेको देखे । त्यसपछि सीप सिकेर मात्रै फर्कने निधो गरे । सुरुमा पोखरामै ललित गुरुङले होजियार तालिम सिक्ने व्यवस्था गरिदिए । सोही समयमा सहयोगी दाताले ६ महिने घडी रोडियो तालिम सिक्ने अवसर दिए । पोखरामै बसेर नरेन्द्रले घडी रेडियो मर्मतको तालिम समेत लिए । अब त आफैले केही गर्नुपर्छ भन्ने सोचले २०५९ सालमा गाउँमा घडी रेडियो पसल सुरुवात गरे । तर समय अनुकुल थिएन । माओवादी सशस्त्र द्वन्दको घाउले देश छियाछिया थियो । मर्ने बाँच्नेको कुनै ठेगान थिएन । त्यसै पनि उनी उठेर हिडडुल गर्न सक्थेनन् । माओवादीको प्रभावित क्षेत्र । सेना, प्रहरीले केरकार गर्ने डर । असुरक्षित महसुस गरेपछि बुवालाई वीरेन्द्रनगरमा बस्ने बन्दोबस्त गरिदिन आग्रह गरे । वीरेन्द्रनगर झरेपछि भने साँगीतिक क्षेत्रमा होमिने निधो गरे । कला र कला थियो । कसो नसकौला भनेर ठूलो साहस बटुले काठमाडौँ पुगे । झरणा रेकर्डिङ स्डुडियोबाट ‘करेली लौकाले’ नामको लोक गीत बजार ल्याए । जसमा तीन वटा भाकाहरु समेटिएका थिए ।
दुर्भाग्य, रेकर्डिङ स्डुडियोबाट ठगिए अर्थात रोयल्टी पाएनन् । यो क्षेत्र मेरा लागि अनुकुल रहेनछ भन्ने सोचेर पुनः वीरेन्द्रनगर फर्किए । अनि फेरि पुरानै पेशा घडी रेडियो पसल सुरु गरे । आफ्नै गीतको क्यासेट बिक्री गरे । तर २०६५ सालमा फेरि पुरानो घाउ बल्झियो । उपचारका लागि आइएनएफ सुर्खेतमा भर्ना भए । नरेन्द्रलाई फेरि पोखरा जानुपर्ने भयो । यसपालि पनि रोग मात्र निको भएन पहिलेको जस्तै अर्काे सीप सिकेर फर्किए । ६ महिना पोखरामा रहदा ३ महिने ह्विलचेयर मर्मत, निर्माण तालिम सिके । क्यारोल नाम गरेका एक विदेशी ह्वलचेयर इन्जिनियरले सीप सिकाएका थिए ।
ह्विलचेर मर्मत गर्न सक्ने सीप भएकै कारण आइएनएफमा जोडिने मौका पाए । अहिले त्यही सीप र क्षमताका कारण अरुलाई हाँसेर बाँच्ने प्रेरणा बनेका छन् । हालसम्म उनले २ हजार ६ सय २० वटा ह्विलचेयर निर्माण गरेर वितरण गरेको छन् ।
भाग्यवस २०६६ साल असारमा आइएनएफल सुर्खेतले ह्विलचेयर एसेम्बलर पदका लागि दरखास्त खोल्यो । जहाँ ३६ जनाले दरखास्त दिएका थिए । ३५ जना प्रतिस्पर्धीलाई पछि पार्दै नरेन्द्र प्रथम भए । २०६६ भदौ १ गतेदेखि नरेन्द्रले जागिर पाए । अहिले पनि नरेन्द्र आइएनएफ सुर्खेतको पुनर्स्थापना केन्द्र (र्याप)मा ह्विलचेयर एसेम्बलर पदमा कार्यरत छन् । त्यहीक्रममा यूएसएआइडीले निःशुल्क रुपमा भारतको बेङ्लोर पुगेर ४ हप्ते ह्विलचेयर निर्माणको माथिल्लो तहको तालिम लिने मौका जुरायो । २०७३/०७४ सालमा हुनपर्छ शायद, बेङ्लोरमा तालिम लिने मौका मिलेको । जतिबेला डब्लुएचओबाट आइएलओ मान्यता पाएका नेपालभर जम्मा ४ जना मात्रै ह्विलचेयर मेकानिकलहरु थिए । जसमध्ये नरेन्द्र एक थिए । अहिले पनि कर्णाली र सुदुरपश्चिममा यो उचाइमा पुगेका उनी मात्रै छन् । यही बाट जीवनको दोस्रो अध्याय सुरु भएको उनी बताउँछन् । ‘जव ह्विलचेयर मेकानिकल तालिम प्राप्त गरे, त्यसपछि मेरो जीवनले दोस्रो मोड लिएको हो’ उनी भन्छन्, ‘त्यही तालिमका कारण आज यो स्थानमा छु ।’ ह्विलचेर मर्मत गर्न सक्ने सीप भएकै कारण आइएनएफमा जोडिने मौका पाए । अहिले त्यही सीप र क्षमताका कारण अरुलाई हाँसर बाँच्ने प्रेरणा बनेका छन् । हालसम्म उनले आफू जस्तै २६ हजार २० वटा ह्विलचेयर निर्माण गरेर वितरण गरेको छन् । ‘अब उसको आयु बढ्छ’ ह्विलचेयर वितरण गर्दा उनी सोच्छन्, ‘औछ्यानमै सिमित हुनुपर्दैन ।’ ह्विलचेयरको अभावमा औछ्यान सिमित भएका व्यक्तिहरुमा जीवनप्रति निराश हुने, मानसिक समस्याबाट ग्रस्त हुन सक्ने जोखिम हुन्छन् । जव ह्विलचेरमा हिडडुल गर्न सक्ने भएपछि बाहिर संसार देख्ने र जीवनमा म पनि केही गर्न सक्छु कि भन्ने आशा पलाउने उनी बताउँछन् ।
नयाँ निर्माण मात्र होइन । उनी बिग्रीएका ह्विलचेयर पनि मर्मत गर्छन् । तर पुराना ह्विलचेर मर्मत गरेको लेखाजोखा राखेका छैनन् । ह्विलचेयर निर्माण र मर्मतलाई जीवनको दोस्रो सुरुवाति ठान्छन् । साँझ विहान घरपरिवारलाई सघाउने र दिनभरी आइएनएफ पुनर्स्थापना केन्द्र (र्याप) मा व्यस्त हुन्छन् । पहिले आइएनएफले नै बाँच्न सिकाएको उनलाई अहिले त्यही आइएनएफले हाँस्न पनि सिकाएको छ । उनको सीपको सम्मान, पसिना र परिश्रमलाई पैसामा परिणत गरिदिने पनि आइएनफए नै हो । अहिले त उनी आफू मात्र आत्मनिर्भर भएका छैनन् । अरुका लागि हौसला र प्रेरणाको स्रोत बनेका छन् । अरुलाई दन्त्य कथा जस्तो लाग्ने आफ्नो जीवनको भोगाइ सुनाएर हौसला प्रदान गर्छन् । जीवन भोगाई सुन्नेहरुले संघर्ष, प्रेरणा र हौसला पाउँछन् । उनी आफैमा मनोपरामर्श कर्ता समेत हुन् । अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यले र समाजले गर्ने व्यवहारप्रति भने उनी दुःखी छन् । ‘सार्वजनिक सडक र कार्यालयहरु अपाङ्गमैत्री छैनन्’ उनी भन्छन्, ‘राज्यले अपाङ्गहरुलाई नबोलेरै अपमान गरेको छ ।’ सरकारी कार्यालयहरु र सडक पूर्वाधार अपाङ्गमैत्री बन्नु पर्ने उनको धारणा छ । ‘राज्य सबैको अविभावक हो भन्छन् तर आजसम्म सरकारी कार्यालयहरु किन अपाङ्गमैत्री बनेका छैनन ?’ उनी प्रश्न गर्छन्, ‘सडक हाम्रो पनि त हो तर ह्विलचेयर गुड्न सक्ने किन बनेन ?’ । अग्ला सडक पेटीका कारण ह्विलचेयरमा हिड्ने मिल्दैन । तर अपाङ्गहरुको आवाज कसले सुनिदिने ? कसले बोलिदिने ? सपाङग व्यक्ति जतिबेला पनि अपाङ्ग हुनसक्ने जोखिम छ । बढ्दो सडक दुर्घटना र सवारी चलाउँदा गरिने लाप्रवाही वा अन्य कुनै पनि कारण हरेक व्यक्ति अपाङ्ग बन्ने सक्छ । त्यसकारण हरेक संरचनाहरु अपाङ्गता मैत्री बन्नुपर्ने र जो कोहीले पनि अपाङ्गताका आवाजहरु उठाउनुपर्ने उनको सुझाव छ । नरेन्द्र २४ औँ वसन्तमा उक्लिदै उर्दा यो अवस्था आइपर्ला भन्ने कल्पना कसले गरेको थियो र ? जीवनले यात्रामा कतिबेला कुन मोड लिन्छ कसलाई के थाहा ? २०२८ साल असोज २९ गते आमा तुलसी र बुवा तुलसिंहबाट पहिलो सन्तानको रुपमा जन्म लिएका उनले साविक अवचिङ गाविस र अहिलेको चिङगाड गाउँपालिका–५ भाटगाउँमा बाल्यकाल र युवा अवस्था व्यथित गरे । हाल उनी वीरेन्द्रनगर–१२ पदमपुरमा स्थायी रुपमा बसोबास गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्