२०८३ वैशाख ३ , बिहीबार
परदेशिका करोडपति ‘मन’

दुःखको घाउमा तुलसले लगाउँछन् कोरियाबाटै मह्लपट्टी



६ वर्षअघिको कुरा हो । कोरियाको खेङ्गिदो ख्वाङजु शहरमा तुलस गुरुङ नियमित डिउटीपछि आराम गर्ने सुरुसारमा थिए । त्यही बेला साथी (नाताले दाई) लक्षमी बस्नेतले एउटा प्रस्ताव राखे । ‘भाइ एउटा सहयोग गर्नुपर्ने भयो यार ? तुलसले प्रतिप्रश्न गरे के सहयोग ? कस्तो सहयोग दाई ? लक्ष्मीले प्रस्ताव राख्दै भने, ‘हाम्रो सुर्खेतको एउटा स्कूलमा निःशुल्क बालबालिकालाई पढाई रहेका गजेन्द्र सर रहेछन् उनको लागि थोरै सहयोग उठाउनु पर्‍यो ।’ गजेन्द्र सर अर्थात गजेन्द्र पुन । जसले लामो समय को गुर्भाकोट नगरपालिकामा पर्ने गुमीको ढोडेनीको जनसंयुक्त प्राविमा निःशुल्क पढाई रहेका थिए । दुई तीन महिना सेवा आफू जन्मेको स्कूलमा सेवा गर्छु भनेर स्कूल छिरेका उनी चार वर्षदेखि निःशुल्क रुपमा पढाइ रहेका थिए । त्यही समयमा ट्युब च्यानल ‘हेर्ने कथा’ले चर्चामा ल्याएको थियो । गजेन्द्रको कथा तुलसले पनि हेर्ने मौका पाएका थिए । जीवनको सबैभन्दा महत्वपूर्ण र उर्जाशील समयमा बालबालिको उज्जवल भविष्यका लागि निःशुल्क रुपमा पढाउनु सामान्य विषय थिए । ‘सँगैका साथीहरु विदेशमा छन्, कोही अमेरिका, कोही जापान’ गजेन्द्रले हेर्ने कथासँग भनेका थिए, ‘म पनि विदेश जाने सोचमा थिए तर यी बालबालिकाको भविष्य सम्झेर विद्यालय छोड्न सकेको छैन ।’
गजेन्द्रका सम्पूर्ण कथाले सबैमा सहयोगका भावना जागृृत हुन्थ्यो । कोमल मन र सहयोगी भावनाका धनी तुलसले एक बचनमै लक्ष्मीको प्रस्ताव स्वीकार गरे । आफूले गर्न सक्ने सहयोग मात्र होइन अन्य साथीहरुलाई पनि सहयोगका लागि आग्रह गरे । कोरियामा बस्ने नेपाली साथीहरुबाट एक लाख १४ हजार जम्मा गरेर गजेन्द्र सरको लागि पठाए । विद्यालयमा अध्ययनरत बालकालिकालाई पनि कापी कलम लगायत खुशीका कोशेलहरु पठाए । हुन त तुलसले यसअघि पनि नेपालीका लागि सहयोग गर्दै आएका थिए । तर गजेन्द्र सरलाई सहयोग पठाउने कार्यमा भने उनी आफै सक्रिय भए । त्यस यता तुलसले सयौँ पटक दिनःदुखीलाई सहयोग गर्दै आएका छन् । ‘कमाउन परदेश आएकाहरुसँग धेरै पैसा त कहाँ हुन्छ र ?’ उनी भन्छन्, ‘तर मन भयो भने ऋण गरेर पनि सहयोग गर्न सकिने रहेछ ।’

कोरोनाकालको त्यो कठिन समय । दिनभरीको थकान । पसिनाले निथु्रक भिजेको कपडा । कामको धपेडीले आराम खोजीरहेको शरिर । भोक र प्यासलाई विर्सिएर ठूलो साहस गरे । साथीहरुसँग एक/एक रुपैयाँ सहयोग जम्मा गरे । अनि ठूलो मन बनाएर थर्मगन, पीपी सेट लगायतका औषधि उपकरणहरु पठाउन सफल भए ।

विगत डेढ दशकदेखि कोरियामा पसिनासँग पैसा साटिरहेका तुलसले सयौँ दिनदुखि नेपालीहरुको घाउमा मह्लम पट्टै लगाउँदै आएका छन् । रोजगारीका लागि सुर्खेतबाट कोरियामा पुगेकाहरुले ‘सुर्खेत समाज’ नामको सहयोगी संस्था चलाएका छन् । केही वर्ष उनी त्यही समाजको अध्यक्ष बनेर काम गरे । कालीकोटको रास्कोट अस्पताल बनाउँदा ३ लाख ३३ हजार सहयोग पठाए । कोरियामै काम गर्दा गर्दै मृत्यु भएका साथी (उत्तम पंगाली) को सम्झनामा बुलबुले पार्कमा स्मृति प्रतिक्षालय, बराहतालको भट्टेघारीको आगलागी पीडित राहत जस्ता थुप्रै घटनामो सहयोग गरेका छन् । अहिले पनि तुलसले परदेशबाटै दुःख गरिवको घाउमा मह्लव लगाउँदै आएका छन् । विश्वभर कोरोना महामारी फैलिएको बेलामा गाउँ–गाउँमा कोरोना संक्रमितका लागि अक्सिजन पाउन नसकेको, उपचारमा समस्या भएको जस्ता खबरहरु पढिरहन्थे । यसै पनि फुर्सदको समयमा नेपालका खबरहरु हेर्ने, पढ्थे र सुन्थे । तर कोरोनाकालमा कर्णालीमा अक्सिजनको अभाव भएको खबर सुनेपछि उनी त्यसै बस्न सकेन्न् । आफ्नो देशलाई दुःख परेको बेला केही गरौँ भन्ने सोच बनाए । ‘हाम्रो सानो सहयोगले सयाैँ विरामी बाँच्न सक्नछन् दुई/चार वटा अक्सिजन कन्स्ट्रेटर पठाए पनि ठूलो राहत हुन्छ ।’ तुलसले यस्तै सोचे, ‘जे जति सकिन्छ सहयोग गरौँ  ’ मनमा खेलेको कुरा सबै साथीहरुलाई सुनाए ।

पदिय हिसावले सुर्खेत समाजको अध्यक्षको कार्यकाल सकिसकेको थियो । कर्णालीबाट कोरिया पुगेका साथीहरुले चलाएको संस्था कर्णालीमा समाजमा पनि सल्लाहकार मात्र थिए । तर पनि यस्तो महामारीमा केही गर्नुपर्छ भन्ने सोचे र कर्णाली समाजका अध्यक्ष प्रकाश बस्नेतसँग सल्लाह गरे । विपदमा सहयोग गर्ने कुराबाट प्रकाश पनि हौसिए । अनि दुबै जनाको सल्लाह र सक्रियतामा अन्य साथीहरुलाई पनि सहयोगको प्रस्ताव राखे । कामबाट फर्केका साथीभाइसँग भेटेर प्रस्ताव सुनाए । उनीहरुको यस्तो प्रस्तावलाई अन्य साथीहरुले पनि सहर्स स्वीकार गरे । जसले जति सके उत्ती नै सहयोग गरे । एक थुकी सुकी, हजार थुकी नदी भने जस्तै सयौँ साथीहरुको साथ र सहयोग उठाए ।  विश्वमा के हुन्छ होला ? कोरोनाले कति मान्छे मर्छन् होला ? आफ्नै बारेमा सोच्ने फुर्सद नभएको कोरोनाकालको त्यो कठिन समय । दिनभरीको थकान । पसिनाले निथु्रक भिजेको कपडा । कामको धपेडीले आराम खोजीरहेको शरिर । भोक र प्यासलाई सबै साथीहरुले बिसिएर ठूलो साहस गरे ।  एक/एक रुपैयाँ सहयोग जम्मा भयाे । अनि ठूलो मन बनाएर कर्णालीका सबै पालिकामा थर्मगन, पीपी सेट लगायतका औषधि उपकरणहरु वितरण गर्न सफल भए । तुलकाे जन्मे हुर्केकाे ठाउँ वराहताल गाउँपालिकाका सबै वडामा थर्मगन, खाद्यान्न सामग्रीहरु पटक–पटक सहयोग गरे । । त्यसको लेखाजोखा कोही सकैले गरे या गरेनन् । त्यो उनिहरुलाई थाहा छैन । तर यति भन्न सक्छन् कि ‘हामीले पठाएको अक्सिजन कन्स्ट्रेटर कोरोना संक्रिमितको एक मुट्ठी साहस पक्कै रह्यो होला ।’ कोरियामा पश्रिम गरिरहेका तुलसले सयौँ पीडितलाई सहयोग गरेका छन् । उनको इमान्दारिताकै कारण कोरिया बस्ने सयौँ साथीहरुलै हैस्यमा हैस्य थपेका छन् । ‘धनभन्दा मन ठूला भएका कोरियामा धेरै साथीहरु हुनुहुन्छ, हामी सबैको प्रयासले गाउँघरमा दुख पर्दा सानोतिनो सहयोग गर्न पाएका छौँ’ तुलस भन्छन्, ‘सबै साथीहरु मन र बचनका धनी हुनुहुन्छ ।’

खाइलाग्दो शरीर, उर्जाशिल उमेर । चाहेको भए उनी भारतीय सेनामा भिड्न सक्थे । तर उनको रोजाइमा कोरियो पर्‍यो । अनि जीवनका अनेक इच्छा र चाहनामा ब्रेक लगाउँदै उनी २०६८ साउन २४ गते सपनाको देश कोरिया पुगे । एक हिसावले कोरिया उनका लागि ठूलो सपना र सफलता थियो ।

कोरियाको यात्रा
तुलसले सुखसयलमै बाल्यकाल विताए । आर्थिक र पारिवारिक कुनै अभाव थिएन । बुवा भारतीय सेना । आमा गृहणी । हुन त उनी घरको जेठो छोरा थिए । तर कोरिया नजाँदासम्म उनले हला जोतेका थिएनन् । अध्ययनको कुरा गर्दा उनले बड्डीचौरको तत्कालीन सिद्धार्थ बोर्डिङ स्कूलबाट कखरा सिके । तर तत्कालीन माओवादीको त्रासका कारण बोर्डिङ स्कूल बन्द भएपछि जनज्योति माविबाट अध्ययनलाई निरन्तरता दिए । सोही विद्यालयबाट एसएलसी पास गरेका तुलस उच्च शिक्षाका लागि वीरेन्द्रनगर पुगे । जन उच्च माध्यमिक विद्यालयबाट प्सलटु अध्ययन गरे । तर त्यसपछिको अध्ययनबाट बिश्रम लिएर कोरिया पुगे । तुलससँग रोजगारीका लागि थुप्रै अवसरहरु थिए । गुरुङ्गको छोरा त्यसमाथि बुवा भारतीय सेना । खाइलाग्दो शरीर, उर्जाशिल उमेर । चाहेको भए उनी भारतीय सेनामा भिड्न सक्थे । तर उनको रोजाइमा कोरियो प¥यो । उ बेला कोरिया जानु ठूलो सफलता मानिन्थ्यो । त्यही भएर होला करिव मात्र ४७ दिन अध्ययन गर्दा पनि उनले कोरिया भाषा परीक्षा (इपीएसमा) पास गरे । अनि जीवनका अनेक इच्छा र चाहनामा ब्रेक लगाउँदै उनी २०६८ साउन २४ गते सपनाको देश कोरिया पुगे । एक हिसावले कोरिया उनका लागि ठूलो सपना र सफलता थियो । निद्रा, भोक र प्यासका बीच काम गर्नुपथ्र्याे । सुरुसुरुमा त केही अप्ठेरो भयो । २३ वर्ष नपुग्दै कोरिया पुगेका उनले हिम्मत हारेन् । केही दुःख, केही सपना र अनि पैसा कमाएर आर्थिक रुपमा सफल बन्ने लक्ष्यमाथि सफलता हात पारे । रत उनी डेढ दशकदेखि कोरियामै रोजगारी गरिरहेका छन् ।
वि.स. २०४५ साल कार्तिक ३ गते बराहताल गाउँपालिका–५ वड्डीचौरमा जन्मिएका उनी आमा विमला र बुवा पूर्णबहादुरका जेठो छोरा हुन् । तुलका एक भाइ एक महिनी छन् । करिव चार वर्ष कोरिया बसेर फर्किपछि उनले कमलालाई जीवनसाथी बनाए । भाइ भारतीय सेना र बहिनी अध्ययन गर्न वीरेन्द्रनगर झरेपछि आमा बुवाको आग्रहमा हतारमै जीवनसाथी खोजे । ‘दुई भाइमध्ये एकले विहे गर्ने पर्ने अवस्था आयो’ उनले विवाहको प्रशंग कोट्याउँदै भने, ‘उहाँ (जीवनसाथी)लाई देख्न वित्तिकै भाइले इसारा गर्याे, यतिको भए विहे गर्न तयार छु भनिदिए ।’ त्यसपछि घरपरिवारमा सल्लाह भयो । माइती पक्षसँग कुराकानी अगाडि बढ्यो । असल बानी व्यहोराकै कारण एक बचनमै माइती पक्ष तुलसलाई छोरी सुम्पिन तयार भए । अनि छोटो समयमै तुलसले कमलासँग लगनगाँठो कसे । त्यो बेला दुईभाइ मध्ये एक जनाले विहे गर्र्नैपर्छ भन्ने दवाव थियो । आमाबुवाको आग्रहमा भाई भारतीय सेनाबाट र उनी कोरियाबाट गाउँ फर्किएका थिए । विहेका लागि त दाजुभाई तयार नै थिए । संयोग दाजुकै पालो आयो । भाग्यले आफन्तीसँग अझै नजिकको साइनो जोडियो । कमलाले घरव्यवहार सम्हाली रहदा तुलस कोरियामा परिवार र सन्तानलाई खुशी र सुख पार्ने ठूला सपना बुनिरहेका छन् ।

प्रकाशित मिति : २०८२ भदौ १४ गते शनिबार